नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपालले गण्डकी प्रदेश सरकारले हालै जारी गरेको बजेट वक्तव्य मार्फत सवारी साधनहरुको वार्षिक करमा गरेको भारी वृद्धि खारेज गर्न माग गरेको छ । साथै ६-६ महिनामा सवारी साधनहरु जाँचपास गर्नुपर्ने नीति पनि अव्यवहारिक र जनतालाई दु:ख दिने झन्झटिलो भएकाले खारेज गर्नुपर्ने माग नाडाले गरेको छ ।