काठमाण्डाै – नेकपा एमाले विभाजन गरी वरिष्ठ नेता माधव नेपाल पक्षले नयाँ दल नेकपा एमाले (समाजवादी) दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ । वरिष्ठ नेता माधव नेपालसहितका नेताहरू बुधवार कान्तिपथमा रहेकाे निर्वाचन आयोगको कार्यालय पुगेर नेकपा एमाले (समाजवादी) दल दर्ताका लागि निवेदन दिएका हुन् ।
पार्टी एकताका लागि पटक–पटक आवाज उठाउँदा पनि सुनुवाइ नभएपछि ५८ जना केन्द्रीय सदस्यको उपस्थितिमा नेपाल कम्युनिस्ट पार्टी एमाले (समाजवादी) नाम गरेको दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिइएको नेता राजेन्...