४० लाख डोज मोर्डना खोप नेपाल आउँदै

१२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाका लागि दिइने मोर्डनाको ४० लाख डोज खोप नेपाल आउने भएको छ । डा. सुरेन्द्र चौरासियाका अनुसार सो खोप सोमवार र मंगलवार नेपाल आइपुग्ने छ ।  विश्व बैंकको वित्तीय सहयोगमा कोभ्याक्ससँगको साझेदारीमार्फत सरकारले ४० लाख मात्रा खोप खरिद गर्न खोपसम्बन्धी विश्वव्यापाी सञ्जाल ‘गाभी’सँग सम्झौता गरेको थियो । विश्व बैंकले नेपाल सरकारलाई महामारीविरुद्धको स्वास्थ्य प्र्रतिकार्यका लागि यसअघि नै १० करोड  ४० लाख डलर उपलब्ध गराइसकेको छ । राजधानी दैनिकमा खबर छ ।  

सम्बन्धित सामग्री

आज २३ लाख ४० हजार मोर्डना खोप नेपाल आउँदै

काठमाडौं । कोरोना विरुद्ध बालबालिकाले लगाउने २३ लाख ४० हजार डोज मोडर्नाको खोप आज नेपाल आउँदै छ । स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाको आपूर्ति शाखाका प्रमुख सुरेन्द्र चौरासियाका अनुसार आज २३ लाख ४० हजार डोज खोप नेपाल आउन लागेको बताउनु भयो । यसअघि हिजो पनि १६ लाख ६० हजार डोज मोर्डना खोप आइसकेको छ […]

१ लाख ८८ हजार मोर्डना खोप भोलि नेपाल आउँदै

काठमाडौं, १६ मंसिर । कोरोना भाइरसविरुद्धको मोर्डना खोप पहिलोपटक नेपालमा ल्याइने भएको छ । सरकारले शुक्रबार (भोली) १ लाख ८८ हजार खोपको मात्रा ल्याउने भएको हो । स्वास्थ्य सेवा विभागको अनुसार कोभ्याक्स सुविधा अन्तर्गत नेपालमै पहिलोपटक मोर्डना खोप आउन लागेको हो । यो खोपलाई माइनस १५ देखि २५ डिग्री सेल्सियस तापक्रममा राख्नुपर्ने हुन्छ । भोली […]