नेपालसहित छिमेकी र मित्रराष्ट्रलाई कोभिड भ्याक्सिन दिँदै भारत, बुधबारबाटै उपलब्ध गराउन थालिने

भारतीय विदेश मन्त्रालयको विज्ञप्ति अनुसार नेपाल, बंगलादेश, भुटान, माल्दिभ्स, म्यानमार र सेसेल्सलाई अनुदान सहायतमा कोभिड–१९ (कोरोना भाइरसविरुद्ध)को खोप उपलब्ध गराउनेछ।

सम्बन्धित सामग्री

अनेरास्ववियुद्वारा संसद विघटनको स्वागत

सत्तासीन नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले मुलुकलाई अस्थिरताबाट चुनावतर्फ लैजाने प्रधानमन्त्रीको कदम सही रहेको भन्दै स्वागत गरेको छ ।अनेरास्ववियुका अध्यक्ष ऐन महरले शनिवार विज्ञप्ति जारी गर्दै वाम गठबन्धन र पार्टीभित्रैबाट निरन्तर मुलुकलाई अस्थिरतातर्फ लैजाने प्रयत्न भएकोले संवैधानिक रुपमै भएको प्रतिनिधिसभा विघटनले निकास दिने दाबी गरे ।उनले चुनावमा जाने निर्णयको स्वागत गर्दै कोभिड महामारीबाट जनतालाई जोगाउन तत्काल कोभिड भ्याक्सिन सहज उपलब्ध गराउन माग गरेका छन् ।

कोभिड भ्याक्सिन र अफवाह

विश्वका सम्पूर्ण मानिस सुरक्षित रहून् भनी विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले गरिब तथा विकासोन्मुख देशहरूमा समेत कोभिड–१९ विरुद्धको भ्याक्सिन सहज उपलब्ध गराउन तदारुकता देखाएको छ । डब्लूएचओबाट आपत्कालीन प्रयोगको स्वीकारोक्ति पाएका विभिन्न भ्याक्सिनमध्ये कोभिसिल्ड भ्याक्सिन लगाएर आफूलाई सुरक्षित बनाउन नेपाल सरकारले पनि आमजनमा अनुरोध गरिरहेको छ ।