अनेरास्ववियुद्वारा संसद विघटनको स्वागत

सत्तासीन नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले मुलुकलाई अस्थिरताबाट चुनावतर्फ लैजाने प्रधानमन्त्रीको कदम सही रहेको भन्दै स्वागत गरेको छ ।अनेरास्ववियुका अध्यक्ष ऐन महरले शनिवार विज्ञप्ति जारी गर्दै वाम गठबन्धन र पार्टीभित्रैबाट निरन्तर मुलुकलाई अस्थिरतातर्फ लैजाने प्रयत्न भएकोले संवैधानिक रुपमै भएको प्रतिनिधिसभा विघटनले निकास दिने दाबी गरे ।उनले चुनावमा जाने निर्णयको स्वागत गर्दै कोभिड महामारीबाट जनतालाई जोगाउन तत्काल कोभिड भ्याक्सिन सहज उपलब्ध गराउन माग गरेका छन् ।