कोरोना महामारी नियन्त्रणका लागि भन्दै जिल्ला प्रशासनले गत सातादेखि काठमाडौं उपत्यकामा लागू गरेको जोरबिजोर प्रणालीको प्रभावकारितामा प्रश्न उठेको छ ।
आधाआधी मात्र सवारी साधन चल्दा सडकमा सवारीको चाप निकै कम छ, तर सार्वजनिक सवारीमा त्यसको उल्टो प्रभाव परेको छ ।
सरकारले भीडभाड कम गर्न भन्दै जोरबिजोर लागू गरे पनि सार्वजनिक सवारीमा थामिनसक्नु भीड छ ।
'गाडी कम भएर झन् भीडभाड बढेको छ । कोरोना नियन्त्रणका लागि भनेर लागू गरिएको जोरबिजोरले भीडभाड मात्र बढायो,' सार्वजनिक सवारी कुरेर नेपाल वायु सेवा निगमको कार्यालय...