बन्दकर्ता दूधको गाडीलाई गरेको तोडफोडप्रति डेरी एशोसिएशन नेपालले आपत्ति जनाउँदै क्षतिपूर्तिको माग गरेको छ । एशोसिएसनका महासचिव प्रह्लाद दाहालले आज एक विज्ञप्ति जारी सो माग गरेका हुन् । दुग्ध क्षेत्र अति अतिआवश्यक वस्तुको सूचीमा रहेको र विगतको बन्द, हड्ताल, कोभिड वा अन्य जुनसुकै अवस्थामा पनि बिना रोकटोक निर्वाद रुपमा सञ्चालन भइरहेको तर यसपटक बन्दकर्ताहरुले दूधको गाडी तोडफोड गरेको उनले बताए ।आठ राजनीति दलले गरेको बन्दमा काभ्रेको बनेपामा रहेको शुभारम्भ डेरीबाट बिहान दुध ढुवानीमा आउँदा काठमाडौंको सुक