काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको दुई/तीन दिनभित्रै गठबन्धन दलबीच सिट बाँडफाँट टुङ्गो लाग्ने दाबी गरेका छन्।पार्टीको कार्यक्रमका लागि जनकपुरधाम पुगेका प्रचण्डले सञ्चारकर्मीसँग कुराकानी गर्दै गठबन्धन दल सिट बाँडफाँटको अन्तिम तयारीमा रहेको बताएका हुन्। उनले भने, ‘गठबन्धनको सिट बाँडफाँट अध्ययन कार्यदलले अध्ययन गरिरहेको छ। कार्यदलले आज वा भोलिसम्ममा प्रतिवेदन दिन्छ, त्यसलगत्तै कार्यदलको प्रतिवेदनका आधारमा सिट बाँडफाँटको टुङ्गो लगाउँछ।