राष्ट्रिय गौरवको आयोजना महाकाली करिडोर निर्माणकार्य प्रभावित भएको छ । विस्तृत वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) नहुँदा करिडोरको निर्माणकार्य प्रभावित भएको हो ।
चालू आवमा ३० करोड बजेट छुट्याइए पनि ईआईए नहुँदा काम रोकिएको हो । कञ्चनपुरको ब्रह्मदेवदेखि डडेल्धुरा, बैतडी हुँदै दार्चुला–टिंकरसम्मको ४२६ किमि सडकखण्डको निर्माणकार्य पछिल्लो समय ईआईए नहुँदा रोकिएको दार्चुला–टिकंर सडक योजनाका प्रमुख रामचन्द्र शाहले बताए ।