संविधानमा उल्लेख भएको अधिकार चाँडै प्रदेश सरकारलाई हस्तान्तरण गर्न माग गर्दै सातवटै प्रदेशका संसदीय पत्रकाहहरुको चार दिने भेला सम्पन्न भएको छ । संसदीय पत्रकार मञ्च प्रदेश १ समितिले विराटनगरमा मंसिर १८ देखि २१ सम्म भएको भेलाले प्रदेशले अधिकार नपाएसम्म संघीयता बलियो नहुने निष्कर्ष निकालेको हो । सात वटै प्रदेशबाट सहभागी भएका नियमित सक्रिय रिर्पोटिङ गरिरहेका पत्रकाहरुको भेलाले संसदीय पत्रकारितालाई बलियो बनाउँदै संघीयतालाई दिगो रुपले प्रबुद्ध गराउन सात बुँदे घोषणा पत्र पनि जारी