काठमाडौं । निर्माण व्यवसायीहरूले आइतबारदेखि निर्माण परियोजना ठप्प पार्ने भएका छन् । नेपाल निर्माण व्यवसायी महासंघको नेतृत्वमा व्यवसायीहरूले कन्स्ट्रक्सन होलिडे गर्न लागेका हुन् । निर्माण सामग्रीमा बढेको मूल्यानुसार परियोजनाको बजेट समायोजन गर्नुपर्ने मागसहित व्यवसायीहरू आन्दोलित भएका हुन् । मूल्यवृद्धि सम्बोधन, बिमा निर्देशिका खारेजी र सार्वजनिक खरिद नियमावलीमा भएको त्रुटि सच्याउनुपर्ने माग गर्दै व्यवसायीहरू आन्दोलित छन् […]