न्यायाधीश समाज नेपालले न्यायपालिकामा राजनीतिक प्रभाव निषेध अभियान चलाउन आवश्यक रहेको ठहर गरेको छ । न्यायाधीश समाजका उपाध्यक्ष बाबुराम रेग्मीले विज्ञप्ति जारी गर्दै न्यायपालिकामा देखिएका समस्त विकृतिको मुख्य कारण न्यायपरिषदको संयोजनमा न्यायपालिकामा गरिएको राजनीतिक भागवण्डा र प्रभाव नै रहेको ठहर गरेका छन् ।समाजले न्यायिक वातावरण खलबल्याउने, न्यायपालिकाप्रति आम जनताको आस्था र विश्वास धमिल्याउने कुनै पनि कुचेष्टाको हरेक बौद्धिक कोणबाट प्रतिकार गर्नुपर्ने जनाएको छ । न्यायिक स्वतन्त्रता, निष्पक्