बाँकेमा सर्पदंशका घटना बढ्दै

गत केही समययता बाँके जिल्लामा अत्यधिक गर्मीका कारण सर्पदंशका घटनाहरू पनि उल्लेख्य सङ्ख्यामा बढेका छन् । गर्मीका कारण दुलो भित्रका सर्पहरू बाहिर निस्कन थालेकोले सर्वसाधारणलाई टोक्ने घटना बढेकोले यहाँस्थित भेरी अस्पताल, राँझास्थित सर्पदंश उपचार केन्द्र र शम्शेरगञ्जस्थित सर्पदंश उपचार केन्द्रमा पछिल्लो समय सर्पदंशको उपचारका लागि आउने बिरामी बढेका हुन् ।

सम्बन्धित सामग्री

सर्पदंशका घटनामा उद्धार सक्रियता बढाउन प्रहरीलाई तालिम

बाँकेमा सर्पदंशका घटना बढ्दै जाँदा उद्धार र उपचारमा समस्या छ । त्यसैले  लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा कार्यरत जुनियर प्रहरी अधिकृत तथा जवानलाई उद्धार र उपचार तालिम दिइएको छ ।