बागमती प्रदेशका कृषि तथा पशुपंछी मन्त्री बसुन्धारा हुमागाईले सबैको साथ र सहयोगबाट प्रदेशमा नै रासायनिक मल उत्पादनका लागि कारखाना स्थापना गर्न सकिने बताएका छन् । बुधबार हेटौंडामा आयोजित कृषि पशुपंछी तथा मत्स्य क्षेत्रको रुपान्तरणको लागि मार्गचित्र सार्वजनिकीकरण कार्यक्रममा बोल्दै मन्त्री हुमागाईँले प्रदेशमा नै रासायनिक मल उत्पादन कारखाना खोल्न कुनै समस्या नभएको तर सबै क्षेत्रले उत्तिकै मात्रामा सहयोग गर्नुपर्ने बताए ।‘सबै क्षेत्रले आ–आफ्नो क्षेत्रबाट सकेको सहयोग गर्ने हो भने हामीले प्