प्रधानमन्त्री प्रत्यक्ष निर्वाचित हुने प्रणाली लागू गरौं : थापा

काठमाडौं : राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रधानमन्त्री जनताबाट प्रत्यक्ष निर्वाचित हुने प्रणाली कायम गर्नुपर्ने बताएका छन्। उनले राजनीतिक अस्थिरता बढ्दै गएको भन्दै प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्थामा जानुपर्ने उल्लेख गरेका हुन्। स्थिरता र बलियो सरकारको चाहना बमोजिम नागरिकले तत्कालीन नेकपालाई झण्डै दुई तिहाइ मत दिए पनि सरकार तीन वर्ष टिक्न नसकेको उनको भनाइ छ।अस्थिरताकै कारण आलोपालो मन्त्री बन्ने प्रथा चलेको उनले उल्लेख गरेका छन्। ‘स्थिरता र बलियो सरकार भए देश

सम्बन्धित सामग्री

राप्रपाको घोषणापत्र : प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, प्रदेशको खारेजी

१४ कात्तिक, काठमाडौं । राप्रपाले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको एजेण्डा अगाडि सारेको छ । आसन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि राप्रपाले सोमबार सार्वजनिक गरेको घोषणापत्रमा अभिभावकीय संस्थाका रुपमा राजसंस्था र जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुनुपर्ने उल्लेख छ । पूर्ण समानुपातिक संसद हुनुपर्ने उसको प्रस्ताव छ । प्रदेशलाई खारेज गरेर केन्द्र र बलियो स्थानीय तह […]

राप्रपाको घोषणापत्र: प्रदेश संरचना खारेज, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री

राप्रपाले सोमबार सार्वजनिक गरेको घोषणापत्रमा प्रदेश संरचना खारेजदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्मको कुरा उल्लेख छ।...

प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री प्रणाली आवश्यक : अध्यक्ष थापा

राप्रपा नेपालका अध्यक्ष कमल थापाले विकृति अन्त्य गर्न जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री प्रणाली कायम गर्नु पर्ने बताएका छन् । उनले ट्विटर मार्फत यस्तो आवश्यकता औँल्याएका हुन् । थापाले स्थिरता र बलियो सरकारको...

प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुनुपर्छ : कमल थापा

बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले संघिय संरचनामा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुनुपर्ने बताउनु भएको छ । उहाँले संघिय संरचनामा एउटा केन्द्रीय सरकार र अझ बढि अधिकार सम्पन्न स्थानीय तहको संरचना निर्माण गर्नु पर्ने बताएनुभएको हो । बुटवलमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै पूर्व प्रधानमन्त्री समेत रहेका थापाले संघिय संसदबाट राष्ट्रपति निर्वाचन […]

राप्रपाको प्रस्ताव : राजा र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री

राप्रपाले देशको अभिभावकमा राजा र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसहितको शासकीय स्वरूपको प्रस्ताव गरेको छ । काभ्रेको धुलिखेलमा बुधबार र बिहीबार दुई लिन चलेको राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले अभिभावकमा राजा र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री रहने शासकीय व्यवस्थाको प्रस्ताव गरेको प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए । ‘मुलुकमा विद्यमान भ्रष्टाचार र अस्थिरताका अन्त्यका लागि वर्तमान शासकीय स्वरूप र निर्वाचन प्रणालीमा सुधार र परिवर्तन आवश्यक

राप्रपाको प्रस्ताव- अभिभावकमा राजा र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री

काठमाडौं- राप्रपाले देशको अभिभावकमा राजा र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसहितको शासकीय स्वरुपको प्रस्ताव गरेको छ । काभ्रेको धुलिखेलमा बुधबार र बिहीबार दुई लिन चलेको राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले अभिभावकमा राजा र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री रहने शासकीय व्यवस्थाको प्रस्ताव गरेको प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए । ‘मुलुकमा विद्यमान भ्रष्टाचार र अस्थिरताका अन्त्यका […]

राप्रपाको प्रस्ताव : प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, अभिभावकीय भूमिकामा राजा

१९ जेठ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले शासकीय स्वरूप र निर्वाचन प्रणालीमा सुधारको माग गरेको छ । बिहीबार धुलिखेलमा सम्पन्न केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र राजा रहने गरी शासकीय स्वरूप परिवर्तनको माग गरेको हो । ‘भ्रष्टाचार र अस्थिरताको अन्त्यका लागि वर्तमान शासकीय स्वरूप र निर्वाचन प्रणालीमा सुधार गरी पूर्ण समानुपातिक संसद, जनताले […]