बाँकेमा काेरोना सङ्क्रमणदर घटेसँगै खाली हुँदै अस्पतालका शय्या

एक हप्ताअघिसम्म यहाँका कोरोना उपचार हुने अस्पतालमा शय्या नपाएर बिरामीलाई बरण्डामा राखेरसमेत बिरामी गर्नुपर्ने अवस्था रहेकामा अहिले सबै अस्पतालका शय्या खाली हुँदै गएका छन् ।

सम्बन्धित सामग्री

स्वास्थ्य बीमाका बिरामीले पाएनन् भर्ना, अस्पतालका शय्या भरिभराउ

चितवन । भरतपुरका दुई अस्पतालमा मात्रै स्वास्थ्य बीमाको सेवा हुँदा बिरामीले अस्पतालमा शय्या (बेड) पाउन छाडेका छन् । दुई अस्पताका शय्या भरिभराउ भएपछि भर्ना पाउन छाडेका हुन् ।  यहाँको सरकारी भरतपुर अस्पताल र निजी स्तरको कलेज अफ मेडिकल साइन्सेसमा मात्रै स्वास्थ्य बीमामार्फत उपचार सुविधा छ । यी दुई अस्पतालमा बिरामीको चाप बढेपछि आकस्मिक (इमर्जेन्सी) र बहिरङ्गमा समेत बिरामीले भरिने गरेका छन् । चितवन मेडिकल कलेजसहित निजी अस्पतालमा भने बिरामीको चाप कम छ ।  भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट प्रा. डा. कृष्णप्रसाद पौडेलले अस्पताल आएका बिरामीलाई भर्ना गर्न नसकेर फिर्ता गर्नु परेको बताए । उनले भने, ‘हामीकहाँ आएका सेवाग्राहीहरूलाई शय्या छैन भनेर भनिरहनु पर्दा अत्यन्त दुःखित छौं ।’ विगत केही दिनदेखि आकस्मिकदेखि सबै छ सय शय्या प्रायः खाली नभएको उनले बताए । अस्पतालमा सघन उपचार कक्ष ३०, बाल सघन उपचार कक्ष ६, नवजात शिशु सघन उपचार कक्ष २० सबै भरिएका छन् ।  त्यस्तै, १० शय्याको वृद्धवृद्धा वार्डको शय्या आजदेखि बढाएर १६ पु¥याइएको छ । ती शय्याहरूमा पनि बिरामीको चाप छ । स्वास्थ्य बीमाका कारण बिरामी भरिएका हुन् । पौडेलले भर्ना भएका बिरामीको अस्पताल बसाइ कसरी कम गर्न सकिन्छ भन्ने बारेमा छलफल गरिएको बताए । उनले भने, ‘सरकारी अस्पतालमा आएका बिरामी सके र भएसम्म फर्काउन नपरोस् भनेर हामी लागिपरेका छौं ।’  अस्पतालमा ७० प्रतिशत चितवनका र बाँकी बाहिरी जिल्लाका बिरामी आउने गरेका छन् । बीमाका बिरामी ७० प्रतिशतभन्दा बढी छन् । दैनिक बहिरङ्ग सेवामा दुई हजारभन्दा बढी बिरामी आउने गर्दछन् । यो सङ्घीय अस्पताल हो ।  अस्पतालका स्वास्थ्य बीमा कार्यक्रम इन्चार्ज लीलाधर पौडेल दैनिक ४० जनाभन्दा बढी बीमाका बिरामी रिफर लिएर जाने गरेको बताउँछन् । अस्पतालमा शय्या अभाव भएर, कतिपय सेवा लिन पालो कुर्नुपर्ने भएर र एमआरआई जस्ता सेवा अस्पतालमा नभएर रिफर माग्ने गरेको उनले जानकारी दिए । स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरेको कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालमा पनि बिरामी भरिभराउ छन् । त्यहाँसमेत बिरामीले भर्ना नपाएपछि दुःख पाइरहेका छन् । बीमाका बिरामी पहिलो पटक भरतपुर अस्पताल पुग्छन् भने त्यसपछि रिफर लिएर बीमा कार्यक्रम लागू भएको शिक्षण अस्पताल पुग्छन् । अन्य जिल्लाबाट समेत बीमाका बिरामी रिफर भएर यहाँ आउने गरेका छन् ।  अस्पतालका अतिरिक्त निर्देशक डा. मनोहर प्रधानका अनुसार अस्पतालका सबै शय्या भरिएकाले आएका सबै बिरामी भर्ना लिन सकिएका छैनन् । उनले भने, ‘हाम्रा सबै शय्या भरिएर केही बिरामी फिर्ता जाने गरेका छन् ।’ शिक्षण अस्पतालमा पाँच सय ५० शय्या सञ्चालनमा छन् । तीमध्ये ९० ओटा सघन उपचार कक्ष छन् । नवजात शिशुदेखि वृद्धवृद्धासम्मलाई उपचार गर्नका लागि सघन उपचार कक्ष अस्पतालमा छन् । ती सबै भरिएको उनले बताए ।  अस्पतालमा अधिकांश शय्या भरिएका कारण सबै बिरामीलाई सेवा दिन नसकिएको उनले बताए । उनले भने, ‘अहिले ज्वरोका बिरामी धेरै छन्, तीसँग अरू बिरामी पनि बढेकाले चाप बढेको हो ।’ स्वास्थ्य बीमा गरेकाहरू सोही कार्यक्रमअन्तर्गत उपचार गर्न चाहन्छन् । आर्थिक रूपमा टेवा पुग्ने भएकाले सबैको रोजाइ बीमा कार्यक्रम हुने गरेको छ ।  मौसम परिवर्तनसँग मौसम ज्वरो, डेङ्गु, स्क्रबटाइफस लगायतका बिरामीको सङ्ख्या बढेको छ । पूर्वपश्चिम राजमार्ग, पृथ्वी राजमार्गलगायत भित्री सडकमा हुने दुर्घटनाका बिरामी पनि यहाँ अस्पतालमा आउने गर्दछन् । यहाँका अस्पतालमा चितवनसहित देशैभरबाट बिरामी आउने गर्दछन् । नजिकका जिल्लाहरूबाट स्वास्थ्य बीमा गर्दा नै पहिलो विन्दु भरतपुर अस्पताल बनाउनेहरूको सङ्ख्यासमेत ठूलो छ । रासस

सङ्क्रमण घट्यो, खाली हुँदै अस्पतालका शय्या

पछिल्लो पटक मुलुकभरि नै सङ्क्रमण घटेको पाइएको चिकित्सकले जनाएका छन्। गएको २० दिन यताको तथ्याङ्क हेर्दा नेपालमा कोरोना भाइरसको सङ्क्रमण करिब २५ प्रतिशतले घटेको देखिएको छ। साथै निको हुने दरमा पनि करिब यही अनुपात देखिन्छ।...

बाँकेमा कोरोना संक्रमणदर घट्दै : अस्पतालका ८० % शय्या खाली

असार ६, बाँके । कोरोना भाइरस महामारी संक्रमणको केन्द्रविन्दु बनेको बाँकेमा अहिले अवस्था सामान्य भएको छ । यहाँका अस्पतालमा ७४ जना बिरामी मात्र उपचाररत छन् ।  कोरोनाको उपचार हुँदै आएका बाँकेका अस्पतालमा हाल उपचाररत ७४ मध्ये बाँके जिल्लाका १३ जनामात्रै रहेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए ।  उनका अनुसार बाँकेमा कोरोना संक्रमणदर घट्दै गएपछि अस्पतालमा कोराना बिरामीका लागि छुट्याइएको शय्या खाली हुँदै गएका छन् । बाँकेका कोभिड अस्पतालका ३६१ ओटा कोभिड शय्यामध्ये ७४ जना मात्र उपचाररत छन् भने ८० प्रतिशत शय्या खाली भएका छन् ।  बाँकेका साना–ठूला चार अस्पतालले कोभिड कक्षका लागि छुट्याएका ३६१ शय्यामध्ये २७१ शय्या खाली भएका छन् । नेपालगञ्जस्थित भेरी अस्पतालको २०० शय्यामा १२५ शय्या खाली भएको छ ।  भेरी अस्पतालमा उपचाररत ६० जना बिरामीमध्ये १८ जना सिकिस्त छन् । कोहलपुरस्थित शिक्षण अस्पतालमा कोभिड वार्डका १३० शय्या छुट्याइएकोमा ११६ ओटा खाली छन् ।  उक्त अस्पतालमा उपचाररत १४ जना बिरामीमध्ये आठ सिकिस्त रहेको स्रोत व्यक्ति वलीले बताए । वेष्टर्न अस्पतालमा १६ शय्यामा १५ ओेटा शय्या खाली भएको छ । युनाइटेड अस्पतालमा १५ शय्या छुट्याइएकोमा सबै खाली भएको छ । बाँकेमा कोरोना भाइरस संक्रमणका कारण उपचारका लागि जिल्ला बाहिरबाट आएका ३४७ र जिल्लाकै ३१० गरी ६५७ जनाको मृत्यु भएको छ । रासस

बाँकेका अस्पतालमा ८० प्रतिशत शय्या खाली

कोरोना भाइरस महामारी सङ्क्रमणको केन्द्रविन्दु बनेको बाँकेमा अहिले अवस्था सामान्य भएको छ । यहाँका अस्पतालमा ७४ जना बिरामी मात्र उपचाररत छन् । कोरोनाको उपचार हुँदै आएका बाँकेका अस्पतालमा हाल उपचाररत ७४ मध्ये बाँके जिल्लाका १३ जनामात्रै रहेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए । उनका अनुसार बाँकेमा कोरोना सङ्क्रमण दर घट्दै गएपछि अस्पतालमा कोराना बिरामीका लागि छुट्याइएका शय्या खाली हुँदै गएका छन् । बाँकेका कोभिड अस्पतालका ३६१ कोभिड शय्याम

बाँकेमा घट्दै कोरोना संक्रमण, अस्पतालमा ८० प्रतिशत शय्या खाली

बाँकेका कोभिड अस्पतालका ३६१ कोभिड शय्यामध्ये ७४ जना मात्र उपचाररत छन् भने ८० प्रतिशत शय्या खाली भएका छन्। बाँकेका साना–ठूला चार अस्पतालले कोभिड कक्षका लागि छुट्याएका ३६१ शय्यामध्ये २७१ शय्या खाली भएका छन्।

कोरोना सङ्क्रमणदर घटेसँगै धेरैजसो अस्पतालका शय्या खाली हुँदै

काठमाण्डाै - कोरोना सङ्क्रमणदर घटेसँगै धेरैजसो अस्पतालका शय्याहरु खाली हुन थालेका छन् । काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँका अस्पतालमा बिरामीको चाप बिस्तारै घट्दै गएको छ । अस्पतालमा गम्भीर खालका बिरामीको सङ्ख्या घट्दै गए पनि जोखिम भने नटरेको विज्ञले बताउँदै आएका छन् । कोरोना सङ्क्रमितको सङ्ख्या घट्दै गएसँगै शय्या पनि खाल हुन थालेका  उपचारमा सहज हुने अस्पतालहरुले जनाएका छन् । यस्तै, लुम्बिनी प्रदेश र सुदूरपश्चिमका जिल्लाका बिरामीको चाप हुने भेरी अस्पतालको कोभिड वार्डमा पनि चाप घटेको छ । त्यहाँ रहेका दुई सय शय्या...

सङ्क्रमण घटेसँगै अस्पतालमा शय्या खाली

कोरोना सङ्क्रमण दर घटेसँगै बाँकेमा कोरोनाको उपचार हुँदै आएका भेरी अस्पताल र शिक्षण अस्पतालका शय्या खाली भएका छन् ।      लुम्बिनी प्रदेशका साथसाथै कर्णाली र सुदूरपश्चिमका जिल्लाबाट प्रेषण भई आउने बिरामीको चाप हुने भेरी अस्पतालको कोभिड वार्डमा रहेका २०० मध्ये ४४ शय्या खाली भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोतव्यक्ति तेज वलीले जानकारी दिए। उनका अनुसार अहिले भेरीमा १४१ बिरामी छन् । त्यसमा ३३ सिकिस्त रहेका छन् । कोहलपुरस्थित शिक्षण अस्पतालमा रहेका १३० श्ययामध्ये ५२ शय्या खाली छन् । अठहत्तर बिराम...

घट्दै कोरोना सङ्क्रमण, खाली हुँदै अस्पतालका शय्या

प्रदेशमा सङ्क्रमणदरसँगै मृत्यु दरसमेत घटेको छ। स्वास्थ्य निर्देशनालयको पछिल्ल्लो तथ्याङ्कअनुसार प्रदेशमा १६ जनाको मृत्यु भएको छ। अघिल्लो हप्ता मत्युको दर यसको दोब्बरभन्दा धेरै थियो।

उपत्यकाका अस्पतालमा अक्सिजन अभाव

काठमान्डाैं / टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा यतिखेर कोरोना भाइरस बिरामीको भीड लागेको छ । कुल ३३ शय्या आईसीयूमध्ये १४ शय्या भेन्टिलेटर रहेको यो अस्पतालमा कुनै समय पनि आईसीयू र भेन्टिलेटर खाली हँुदैन । अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले टेकु अस्पतालको अवस्था जटिल हुँदै गएको जानकारी दिए । उनले भने, “अब त... The post उपत्यकाका अस्पतालमा अक्सिजन अभाव appeared first on Purbeli News.

उपत्यकाका अस्पतालमा अक्सिजन अभाव

टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा यतिखेर कोरोना भाइरस बिरामीको भीड लागेको छ । कुल ३३ शय्या आईसीयूमध्ये १४ शय्या भेन्टिलेटर रहेको यो अस्पतालमा कुनै समय पनि आईसीयू र भेन्टिलेटर खाली हँुदैन । अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले टेकु अस्पतालको अवस्था जटिल हुँदै गएको जानकारी दिए । उनले भने, “अब त अक्सिजनसमेत अभाव हुन थालेको छ, यही अवस्था रहिरह्यो भने अक्सिजन नपाएर सङ्क्रमितको मृत्यु हुन सक्छ ।” बिरामीलाई निरन्तर अक्सिजन दिनुपर्ने भएकाले अहिले अक्सिजन अभाव भ