वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष गुप्ता ‘प्रोफेसनल डक्टरल सर्टिफिकेट’ बाट सम्मानित

वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोधकुमार गुप्ता ग्लोबल लिडरसीप एण्ड म्यानेजमेन्टमा “प्रोफेसनल डक्टरल सर्टिफिकेट”बाट सम्मानित भएका छन् । युरोपियन इन्टरनेशनल युनिभरसिटी–पेरिस, फ्रान्सले बुधबार गुप्तालाई उक्त सम्मानले सम्मानित गरेको हो ।सेराटन दुबई क्रिक होटल्स एण्ड टावर्समा आयोजित कार्यक्रममा गुप्तालाई युनिभरसिटीले भव्य समारोहकाबीच सर्टिफिकेट प्रदान गर्दै सम्मान गरेको हो ।दैनिक उपभोग्य दाल चामल, तेलका व्यवसायी समेत रहेका गुप्ता लामो समयदेखि सामाजिक सेवाका साथै संस्थागत र आ

सम्बन्धित सामग्री

अनिवार्य लेवलिङ स्थगित र मूल्यांकन पुस्तिका खारेजीको माग

चार जिल्ला उद्योग वाणिज्य संघले सरकारले लागू गरेको आयातित वस्तुमा अनिवार्य लेवलिङ स्थगित गर्नुपर्ने एवं भन्सार मूल्यांकन पुस्तिका खारेज गर्नुपर्ने माग गरका छन् । नेपालको चारवटा नाकामा रहेका वीरगन्ज उद्योग वाणिज्य संघ, मोरङ व्यापार संघ, सिद्धार्थ उद्योग वाणिज्य संघ र नेपालगञ्ज उद्योग वाणिज्य संघले एकैपटक पत्रकार सम्मेलन गरेर भन्सार नाकामा देखिएका समस्या यथावत रहेको अवस्थामा […]

आयातित वस्तुमा लेबल लगाउने कार्य स्थगित गर्न व्यवसायीको माग

उद्योगी व्यवसायीले आयातित वस्तुमा लेबल लगाउनुपर्ने कार्य हाललाई स्थगित गर्न माग गरेका छन् । बिहीबार वीरगन्ज उद्योग वाणिज्य संघ, सिद्धार्थ उद्योग वाणिज्य संघ, नेपालगन्ज उद्योग वाणिज्य संघ तथा मोरङ व्यापार संघले संयूक्त रुपमा पत्रकार सम्मेलन आयोजना गरी भन्सार विभागको यससम्बन्धी सूचना अस्पष्ट र अव्यावहारिक भएकाले निर्देशिका नबनाएसम्म स्थगित गर्नुपर्ने माग गरेका हुन् ।

२५ वर्षकाे पर्खाइपछि वीरगन्जमा विश्वविद्यालय स्थापना

वीरगन्ज । वीरगन्जवासीले २५ वर्ष अगाडिबाट वीरगन्जमा नै विश्वविद्यालय स्थापना होस् भन्ने चाहेको सपना बल्ल साकार भएको छ । अढाइ दशकबाट यो क्षेत्रका बुद्धिजीवी, वीरगन्ज उद्योग वाणिज्य संघ, र स्थानीय नेताले तत्कालीनको सरकारसँग समेत वीरगन्जमा विश्वविद्यालय स्थापनाको लागि लविङ गरेका थिए । नेपाल सरकार भएपछि पनि ती सरकारका नेतृत्वकर्ता दलका अगुवासँग वीरगन्जमा विश्वविद्यालय स्थापनाका लागि […] The post २५ वर्षकाे पर्खाइपछि वीरगन्जमा विश्वविद्यालय स्थापना appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

वीरगन्ज र मकवानपुर उद्योग वाणिज्य संघबीच सहकार्य हुने

वीरगन्ज उद्योग वाणिज्य संघ र मकवानपुर उद्योग वाणिज्य संघबीच व्यापार विस्तारमा आपसी समन्वय र सहकार्य हुने भएको छ ।समकक्षी जिल्ला उद्योग वाणिज्य संघका पदाधिकारीसँग भेटघाट गरी एक अर्का संघले आ–आफ्ना क्षेत्रका विषयगत अवसर, सम्भावना र समस्यालाई एक–अर्का संघबीच साझा गर्ने र उक्त अवसर, सम्भावना र समस्यालाई सम्बद्ध संघहरूले आ–आफ्नो संस्थामार्फत एकीकृत रूपमा उठान गरी सरोकारवाला […]

वीरगन्ज उवासंघको सहयोगमा बाल सघन चिकित्सा इकाइ सञ्चालन

नारायणी अस्पतालमा ३० वेडको बाल सघन चिकित्सा इकाइ सञ्चालनमा आउने भएको छ । वीरगन्ज उद्योग वाणिज्य संघ र नारायणी अस्पतालले संयुक्त रुपमा स्थापना नारायणी अस्पतालको पूर्वतर्फ रहेको मुख्य भवनमाथि निर्माण गरिएको ३० वेडको बाल सघन चिकित्सा इकाइको उद्घाटन गरिएको छ ।पर्साका प्रमुख जिल्लाअधिारी पिताम्बर घिमिरेले बाल सघन चिकित्सा ईाइको उद्घाटन गरेका हुन् । प्रमुख जिल्ला […]

वीउवा संघको सहयोगमा नारायणी अस्पतालमा बन्यो ३० शय्याको पीआईसीयू

जेठ २३, वीरगञ्ज । वीरगन्ज उद्योग वाणिज्य संघ (वीउवा संघ)को आर्थिक सहयोगमा वीरगञ्जको नारायणी अस्पतालमा ३० शय्याको बाल सघन चिकित्सा ईकाइ (पीआईसीयू) तयार भएको छ । नारायणी अस्पतालले उपलब्ध गराएको भवनमा वीउवा संघले पीआईसीयू निर्माण गरेको हो ।  नवनिर्मित पीआईसीयूको आइतवार उद्घाटन गरिएको छ । पीआईसीयू उद्घाटनको अवसरमा पर्साका प्रमुख जिल्ला अधिकारी पीताम्बर घिमिरेले कोरोना महामारी नियन्त्रणमा संघको सहयोगको प्रसंशा गरे । पीआईसीयू निर्माणमा सहयोग गरेर संघले सराहनीय काम गरेको भनाइ प्रमुख जिल्ला अधिकारी घिमिरेको थियो ।  संघका अध्यक्ष सुवोधकुमार गुप्ताले विज्ञहरूले कारोनाको तेस्रो भेरियन्ट आउने चेतावनी दिइरहेको र त्यसबाट बालबालिका बढी प्रभावित हुने बताएकाले बालबालिकाका लागि आईसीयू तयार पारिएको बताए । सरकारले अस्पतालमा निर्माण गरिने आईसीयूमध्ये २० प्रतिशत बालबालिकाका लागि छुट्याउन निर्देशन पनि दिएको छ ।   अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. वीरेन्द्रबहादुर प्रधानले पीआईसीयू निर्माणले बालबालिकाको उपचार सहज हुने विश्वास व्यक्त गरे । नारायणी अस्पतालमा यो सहित अब आईसीयू शय्या १५५ पुगेको छ ।  कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर २ का अध्यक्ष गणेशप्रसाद लाठले वीरगञ्जको निजी क्षेत्रले सामाजिक क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको स्मरण गरे ।

वीरगन्जमा थप पीसीआर मेसिनबाट चाँडै परीक्षण सुरु गरिने

वीरगन्ज महानगरपालिकाले खरिद गरेको पीसीआर मेसिनबाट चाँडै कोरोना परीक्षण सुरु हुने भएको छ । वीरगन्ज उद्योग वाणिज्य संघ तथा वीरगन्जका उद्योगी व्यवसायी तथा विभिन्न संघ–संस्था र पर्सेली नागरिकहरूको आर्थिक सहयोगमा खरिद गरिएको पीसीआर मेसिन शनिबार नारायणी अस्पताललाई महानगरपालिकाले हस्तान्तरण गरेसँगै अब यसको जडान गरेर परीक्षण छिट्टै सुरु गरिने भएको हो ।

वीरगन्जमा एकदिने नवउद्यमी हाटबजार

विभिन्न व्यवसायमार्फत उद्यमी बन्न चाहनेहरूका लागि र विद्यार्थीहरूलाई पनि उद्यमी बन्न प्रेरित गर्ने उद्देश्यले वीरगन्जमा एकदिन नव उद्यमी हाट बजारको आयोजना गरिएको छ । नयाँ सोच भएका नव उद्यमीहरूलाई व्यवसाय गर्न सहयोग गर्ने,, तथा पर्सा उद्यमशीलता विकासका लागि संलग्न सरोकारवालाहरूको सञ्जाल विस्तार र विकास गर्न वीरगन्जमा पहिलो पटक नव उद्यमी हाट बजारको आयोजना गरिएको हो । वीरगन्ज उद्योग वाणिज्य संघ, वीरगन्ज पब्लिक कलेज र अन्तप्रेरणा प्रालिको सहकार्यमा अयोजना गरिएको नवउद्यमी हाट बजारमा २० उद्यमीहरूले उत्पादन गरेको वस्तु तथा सेवाहरूको प्रदर्शनी गरिएको थियो ।

‘बेरोजगार घटाई रोजगारी सृजना गर्न मेला’

आर्थिक तथा औद्योगिक नगरी वीरगन्जमा शनिबार एकदिने ‘वृत्ति परामर्श तथा रोजगार मेला’ हुने भएको छ । स्वरोजगार, त्रिजुद्ध प्राविधिक माविमा आयोजना हुने मेलामा युवा तथा विद्यार्थीहरुलाई रोजगारी वृत्ति विकासको परामर्श सेवा प्रदान गरि रोजगारीको खोजीमा रहेका जनशक्ति र रोजगारदातालाई एकै स्थानमा ल्याई आ–आफ्नो आवश्यकता अनुसारको जनशक्ति खोज्न र रोज्न सकिने आयोजकले जनाएको छ । वीरगन्ज उद्योग वाणिज्य संघ, श्रम तथा रोजगार कार्याल पर्सा, होटल तथा पर्यटन व्यवसायी संघ पर्सा र नेपाल सरकार तथा स्विजरल्याण्ड सरकारको द्विपक्षीय परियोजना ‘दिगो तथा सम्मानित रोजगारीका लागी सीप (भ्लककगचभ) को सहयोग तथा वीरगन्ज महानगरपालिकाको आयोजनामा मेला हुन लागेको हो ।

उद्यमशीलता प्रवद्र्धनका लागि त्रिपक्षीय सम्झौता

वीरगन्जमा नव उद्यमशाला, प्रथम बिजनेस इन्क्युवेसन कार्यक्रम सञ्चालनका लागि त्रिपक्षीय सम्झौता भएको छ । सुरु गरिएको नयाँ सोच भएका युवाहरूलाई व्यवसाय गर्न तथा उद्यमशीलता विकासका कार्यमा आकर्षित गर्न सरोकारवालाको सञ्जाल विस्तार, विकास र स्टार्टअप इकोसिस्टम संस्थागत गर्न सघाउने उद्देश्यले कार्यक्रम गर्नका लागि वीरगन्ज उद्योग वाणिज्य संघ, अन्तरप्रेरणा प्रालि र वीरगन्ज पब्लिक कलेजबीच त्रिपक्षीक्ष सम्झौता गरिएको हो ।