सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर कमजोर हुँदै गएको सबैले स्वीकार्छन् । यसलाई सुधार्न विभिन्न प्रकारका तालिम, सभा, सम्मेलन, अन्तरक्रिया, छलफल, योजना निर्माण आदि आयोजना भइरहन्छन् । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर उकास्ने प्रयत्न गरिंदै आए पनि व्यवहारमा सार्थकता पाउन सकिरहेको छैन । शैक्षिक गुणस्तर उकास्न तथा शैक्षिक उपलब्धि वृद्धि गर्नका लागि गरिएका अनेकौं कार्यका लागि करोडौं रकम […]