गोरखा दरबारबाट पठाइएको फूलपाती मंगलबार साँझ काठमाडौंको हनुमानढोकामा भित्र्याइएको छ। गोरखाबाट बा २० च ४३९४ नम्बरको बोलेरो जीपमा राखेर बिहान ८ बजे फूलपातीको डोली काठमाडौं पठाइएको थियो। साइतअनुसार मंगलबार साँझ नै हनुमानढोकामा फूलपाती भित्र्याइएको गोरखा दरबार हेरचाह अड्डाले जनाएको छ ।