प्रदेश १ बाट राष्ट्रियसभा सदस्यको रिक्त हुने तीन सीटका लागि ८ जनाको उम्मेदवारी दर्ता भएको छ । विराटनगरस्थित निर्वाचन कार्यालयमा सत्तारुढ गठबन्धन, नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट मनोनयन पत्र दाखिला भएको हो । सत्तारुढ गठबन्धन र एमालेले तीनै सीटका लागि उम्मेदवारी दिएका छन् भने राप्रपाले दुई सीटमा मात्र उम्मेदवारी दिएको छ ।विराटनगरस्थित निर्वाचन कार्यालयका अनुसार नेकपा एमालेबाट खुलातर्फ गुरुप्रसाद बराल, महिलातर्फ सुमित्रा भण्डारी र अल्पसंख्यकतर्फ सोनाम ग्याल्जेन शेर्पाले उम