आगामी माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचन अन्तर्गत प्रदेश १ मा सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्ष नेकपा एमालेबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । प्रदेशमा तीन सीटका लागि सत्तारुढ गठबन्धले साझा उम्मेदवार बनाउने र नेकपा एमालेले पनि उम्मेदवारी दिने भएपछि रोचक प्रतिस्पर्धा हुने देखिएको हो ।मतभारको आधारमा प्रदेश १ मा पाँच दलीय गठबन्धन झिनो अन्तरले बलियो देखिएको छ । मतदानमा कति मतदाता सहभागी हुन्छन् भन्ने विषयले पनि नतिजालाई प्रभावित पार्ने देखिन्छ । प्रदेश १ मा नेकपा एमालेबाट राष्ट्रियसभामा निर्व