अर्थतन्त्रका समस्या अविलम्ब समाधान गर

अर्थमन्त्रीले तत्काल अर्थविद्हरू तथा निजी क्षेत्रका प्रतिनिधिहरूलाई बोलाएर उनीहरूको सल्लाहबमोजिम अर्थतन्त्रको पुनरुत्थानमा लाग्नुको विकल्प छैन । नेपाली अर्थतन्त्रमा लामो समयदेखि समस्याहरू छन् । झन् पछिल्लो दुई वर्षको कोरोनाको असर तथा अघिल्लो सरकारको अदूरदर्शी नीतिगत निर्णयका कारण अर्थतन्त्र संकटोन्मुख छ । त्यसमाथि वर्तमान सरकार आएपछि प्रतिस्थापन बजेट ल्याउनै समय लाग्यो अनि सत्तारूढ राजनीतिक दलहरूलाई आ–आफ्ना महाधिवेशनको […]

सम्बन्धित सामग्री

विदेशमा रहेका नेपालीले भोट दिने व्यवस्था मिलाउने घोषणा

काठमाडौं : सरकारले नागरिकतासम्बन्धी समस्या अविलम्ब समाधान गर्ने घोषणा गरेको छ।शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको आर्थिक वर्ष ०८०/८१ को नीति तथा कार्यक्रममा यस्तो घोषणा गरिएको हो। सरकारले विदेशमा रहेका नेपाली नागरिकलाई निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था गर्ने भएको छ। आतंकवाद तथा संगठित अपराध मिटरब्याजी, हिंसा, साइबर अपराध, लागुऔषधको अवैध ओसारपसार कारोबारलगायत सबै प्रकारका अपराधजन्य गतिविधि नियन्त्रणमा आधुनिक प्रविधिको उपयोग गरी सुरक्षा निकायलाई सक्षम बनाउने भएको छ। स

संसद बैठक : सांसदले उठाए नागरिकता समस्यादेखि पाठेघर खसेको उपचारसम्मकाे माग

काठमाडौं । प्रतिनिधि सभा सदस्य महेन्द्रकुमार रायले नागरिकता समस्या अविलम्ब समाधान गर्न सरकारलाई आग्रह गरेका छन् । बिहीवारको प्रतिनिधि सभा बैठकमा शुन्य समयमा बोल्दै प्रतिनिधि सभा सदस्य रायले अंगिकृत नागरिक र जन्मसिद्ध नागरिकका छोराछोरीहरु अझैपनि नागरिकताबाट वञ्चित हुनुपरेको बताए । नागरिकता नहुँदा राज्यबाट पाउने हरेक सुविधाबाट वञ्चित हुनुपरेको भन्दै उनले नागरिकता समस्या अविलम्ब समाधान गर्न […]

प्रतिनिधिसभा बैठकः शून्य समयमा कसले के भने?

काठमाडौँ – प्रतिनिधिसभा सदस्य महेन्द्रकुमार रायले नागरिकता समस्या अविलम्ब समाधान गर्न सरकारलाई आग्रह गरेका छन्। बिहीबारको प्रतिनिधिसभा बैठकमा शून्य समयमा बोल्दै प्रतिनिधिसभा सदस्य रायले अंगीकृत नागरिक र जन्मसिद्ध नागरिकका छोराछोरीहरु अझै पनि नागरिकताबाट वञ्चित हुनुपरेको बताए। नागरिकता नहुँदा राज्यबाट पाउने हरेक सुविधाबाट वञ्चित हुनुपरेको भन्दै उनले नागरिकता समस्या अविलम्ब समाधान गर्न आग्रह गरे। प्रतिनिधिसभा सदस्य […]

सुनसरी मोरङ कोरिडोरमा अघोषित लोडशेडिङ

विराटनगर । भारतको सुपौल, कटैयाबाट दुहबी ग्रीडमा आइरहेको १८० मेगावाट विद्युत् २ सातादेखि रोकिँदा सुनसरी मोरङ औद्योगिक कोरिडोरमा अघोषित लोडशेडिङ शुरू भएको छ । लोडशेडिङले सानाठूला करीब ५ सय उद्योग समस्यामा परेका छन् । विद्युत् आपूर्ति नियमित नहुँदा दैनिक ४० प्रतिशत उत्पादन घटेको उद्योगीको दाबी छ । नेपाल उद्योग वाणिज्य महासंघका प्रदेश १ का उपाध्यक्ष राजेन्द्र राउतका अनुसार उद्योगहरूले दैनिक ५० करोड रुपैयाँभन्दा बढी क्षति बेहोरिरहेका छन् । त्यसै पनि बजार अभाव र आर्थिक मन्दीसँग जुधिरहेका सिमेन्ट, छडलगायत उद्योग अघोषित लोडशेडिङले झनै थला परेको उनले बताए । भारतबाट बिजुली नआउँदा सुनसरी मोरङ औद्योगिक कोरिडोर उद्योग धराशयी हुने स्थितिमा पुगेको उनले बताए । बजार अभाव, उधारोको रकम नउठिरहेका बेला लोडशेडिङले उत्पादनमा असर गरेको राउतको भनाइ छ । अन्नपूर्ण सिमेन्ट उद्योगका सञ्चालकसमेत रहेका राउतले अचेल सिमेन्ट उत्पादन क्षमताको ४० प्रतिशतमा झरेको बताए । स्वस्तिक आइरनका निर्देशक रमेश राठीले सरकारले लोडशेडिङको तालिका सार्वजनिक गरे राहत हुने बताए । दैनिक ८ देखि १० घण्टासम्म लोडशेडिङ हुँदा उद्योगले दैनिक १ करोडभन्दा बढी घाटा बेहोरिरहेको उनको भनाइ छ । कति बेला बिजुली कटौती हुन्छ भन्ने ठेगान नहुँदा मजदूर ज्यालाको भारसमेत थपिएको उनले बताए । अनियमित विद्युत् आपूर्तिले उद्योगको उत्पादन ६० प्रतिशतमा झरेको उनको भनाइ छ । लगातार २० दिनदेखि समस्या हुँदा पनि सम्बद्ध निकाय मौन रहेको राठीको गुनासो छ । तालिका सार्वजनिक गरेर लोडशेडिङ गर्ने वा सातामा ५ दिन २४सै बिजुली दिएर २ दिन पूरै काटिदिए उद्योगहरूको क्षति न्यूनीकरण हुने उनले बताए । नेपाल विद्युत् प्राधिकरण दुहबीका प्रमुख राजेश रेग्मीले भारतको कटैयाबाट आइरहेको १८० मेगावाट बिजुली आउन छाडेकाले अहिले प्रदेश १ मा अघोषित रूपमा लोडशेडिङ भइरहेको बताए । कटैयाबाट विद्युत् आपूर्ति बन्द भएपछि ढल्केवरबाट लिनुपरेको तर उक्त विद्युत्को गुणस्तर कम भएको र प्रसारण संरचना पुराना भएकाले आपूर्तिमा समस्या देखिएको रेग्मीले बताए । अहिले रक्सौलबाट ३५, रामनगरबाट ६०, मुजफ्फरपुरबाट ३५०, टनकपुरबाट ६० मेगावाट गरी राष्ट्रिय प्रसारणमा भारतबाट आयातित ५०५ मेगावाट बिजुली उपलब्ध रहेको उनले जानकारी दिए । यसैबीच उद्योगी, व्यवसायीका तीन संगठनले संयुक्त विज्ञप्ति जारी गरी विद्युत् आपूर्ति सुधार गर्न माग गरेका छन् । उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ र नेपाल उद्योग परिसंघ प्रदेश नं १ ले जारी गरेको विज्ञप्तिमा उद्योग व्यवसाय सञ्चालनका लागि आधारभूत वस्तुका रूपमा रहेको बिजुली अभाव झेल्नुपरेको बताएका छन् । विज्ञप्तिमा औद्योगिक क्षेत्रमा विद्यमान अघोषित विद्युत् कटौती र ट्रिपिङको समस्या अविलम्ब समाधान गर्न माग गरिएको छ ।

पर्सा-बारा औद्योगिक करिडोरमा लोडसेडिङ अन्त्यको माग

पर्सा-बारा औद्योगिक करिडोरका उद्योगमा दैनिक १२ घण्टासम्म लोडसेडिङ तथा अत्याधिक ट्रिपिङको समस्या अविलम्ब समाधान गर्न वीरगन्ज उद्योग वाणिज्य संघले माग गरेको छ । संघले एक विज्ञप्तिमार्फत औद्योगित करिडोरमा लोडसेडिङ अन्त्यको माग गरेको हो ।

नागरिकता समस्या समाधान गर्न सरकारलाई आग्रह

प्रतिनिधि सभा सदस्य महेन्द्रकुमार रायले नागरिकता समस्या अविलम्ब समाधान गर्न सरकारलाई आग्रह गर्नुभएको छ ।