गुल्मी काँग्रेसका महिला कार्यकर्ता हिंसा तथा जाँडरक्सी नियन्त्रण अभियानमा

गुल्मी काँग्रेसले ‘गाउँ जाउँ गाउँमै रमाऔँ’ ५० दिने महाभियानकोे दोस्रो चरणको कार्यक्रममा महिला संघका कार्यकर्तामार्फत सामाजिक विकृति विसंगतिविरुद्ध जिल्लाका विभिन्न स्थानमा अभियान सञ्चालन गरिएको छ । पाँच हप्तादेखि नेपाली काँग्रेस गुल्मीले थालनी गरेको ‘गाउँ जाउँ गाउँमै रमाऔँ’ ५० दिने महाभियानमा पार्टीका प्रतिनिधि एवं भ्रातृ संस्था महिला संघको सक्रियतामा जिल्लाको सिमलटारी, शान्तिपुर, शृंगा, वामीटक्सार, तम्घासलगायतका स्थानमा…

सम्बन्धित सामग्री

गुल्मीमा ४० वटा महिला हिंसा सम्बन्धी उजुरी

२४ मंसिर, गुल्मी। गुल्मी जिल्लामा ४० वटा महिला हिंसा सम्बन्धी उजुरी परेका छन् । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (एसपी) गोपालचन्द्र भट्टराईका अनुसार जिल्लामा पनि यस आर्थिक वर्षमा मात्रै ४० वटा उजुरी महिला हिंसा सम्बन्धी परेको बताए । त्यसमध्ये ३१ वटा घटनालाई मिलापत्र गराएर छोडिएको र ९ वटा महिला हिंसाका घटना जिल्ला अदालत […]

गुल्मीका किशोरीलाई आत्मरक्षा तालिम

१६ चैत, गुल्मी । गुल्मीको रेसुङ्गा नगरमा महिला हिंसा न्यूनिकरण गर्ने उद्देश्यले दुई सय किशोरीलाई आत्मारक्षा तालिम प्रदान गरिएको छ । देशका विभिन्न क्षेत्रका महिलामाथि हुने बलत्कार, जबरजस्ती करणी, कुटपपिट जस्ता घटना मौलाउदै गएको बेला …

गुल्मीमा राष्ट्रिय जनमोर्चाको संसद विघटन विरुद्ध जुलुससहित विरोधसभा

शंकर प्रसाद पोख्रेल,तम्घास । राष्ट्रिय जनमोर्चा गुल्मीको आयोजनामा संसद विघटन विरुद्ध विरोध प्रदर्शन भएको छ । राजमो केन्द्रीय सदस्य सोमकुमार कार्कीको प्रमुख आतिथ्यतामा पुस २० गते सो कार्यक्रम सम्पन्न भएको हो । सभालाई सम्बोधन गर्दै कार्कीले ओली सरकारले चालेको असंवैधानिक कदमका विरुद्ध सबै एकजुट भएर सङ्घर्ष गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो । उहाँले देशको यो अवस्था सृजना हुनुमा अहिलेको प्रमुख प्रतिपक्ष उत्तिकै जिम्मेवार रहेको आरोप पनि लगाउनुभयो । नेपाली जनताले राष्ट्रिय जनमोर्चालाई सही पार्टी भन्ने गरेको तर समर्थन नगरेको भन्दै सचेत नेपाली बनेर सबैजना राष्ट्रिय जनमोर्चामा गोलबन्द हुन आग्रह गर्नु भयो । विरोध सभामा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य रामकुमार क्षेत्री ,राजमो केन्द्रीय सदस्य तथा कालीगण्डकी गाउँपालिकाकी उपाध्यक्ष तारा थापाक्षेत्री ,नेकपा (मसाल) गुल्मी जिल्ला प्रवक्ता ओमेन्द्र कुँवर, प्रगतिशील पत्रकार सङ्घका हरि न्यौपाने, रक्तिम सांस्कृतिक अभियानका जिल्लाध्यक्ष उषा तारामी मगर, अखिल नेपाल बुद्धिजीवी सङ्घका अध्यक्ष कमल अर्याल, अखिल नेपाल जनजाति सम्मेलनका जिल्लाध्यक्ष गुमानसिंह पुनमगर, अखिल (छैठौं) का अध्यक्ष लीला कुँवर, अखिल नेपाल युवक सङ्घका जिल्लाध्यक्ष खिमबहादुर बुचा र युगदर्शनका संवाददाता शंकरप्रसाद पोख्रेलले पनि सम्बोधन गर्नुभएको थियो । राजमो जिल्ला अध्यक्ष जीवन रानाको अध्यक्षता तथा जिल्ला सचिव छविलाल सर्तुङीको सञ्चालनमा अघि बढेको उक्त कार्यक्रममा राजमोका जिल्ला उपाध्यक्ष रामेश्वर खत्रीले स्वागत गर्नुभएको थियो । विरोधसभामा रक्तिम सांस्कृतिक अभियानका कलाकारहरूले गीत तथा नृत्य प्रस्तु गर्नुभएको थियो । कार्यक्रमपूर्व राजमो पार्टी कार्यालयबाट विशाल जुलुससहित अस्पताल लाइन, क्याम्पस रोड, भिमचोक, साहुटोल पुतलीबजार हुँदै सहिदचोकमा पुगेर सभामा परिणत भएको थियो । विरोध प्रदर्शनमा विघटित प्रतिनिधि सभा पुनः स्थापना गर, कालापानीबाट भारतीय सेना फिर्ता गर, सङ्घीयता खारेज गर, महिला हिंसा अन्त्य गर, बढ्दो महङ्गी नियन्त्रण गरलगायत नारा लगाइएको थियो ।