अवैध बाटोबाट अमेरिका हिँडेकामध्ये बाटोमा अलपत्र पर्ने र पुगे पनि डिपोर्ट भएर फर्किनेहरु आधाजति हुन्छन् । फर्कदा उनीहरुसँग दुखः पीडामात्रै हुँदैन, ऋण समेत दोब्बर भइसकेको हुन्छ ।
१ जेठ, काठमाडौं । दाङ घोराहीका हेमन्त (परिवर्तित नाम) ०८० वैशाखमा अमेरिका पुग्न अवैध बाटो पछ्याए । एजेन्टलाई करिब ५० लाख रुपैयाँ बुझाएर भारतको दिल्ली–अजरबैजान–टर्की–पेरु–कोलम्बिया–पानामा–ग्वाटेमाला–मेक्सिको हुँदै ०८० वैशाखमा अमेरिका छिरे । ६ महिना लगाएर अमेरिका …
काठमाडौं । अवैध बाटोबाट अमेरिका हिँडेका १० जना नेपालीलाई केन्यामा ९ महिनासम्म बन्धक बनाएर राखिएको प्रहरीले दाबी गरेको छ । बन्धक बनेका १० जना नेपाल फर्किएपछि उनीहरुको उजुरीको आधारमा ३ जनालाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुख सानुराम भट्टराईले जानकारी दिए । गिरोहले उनीहरुबाट ५ करोड ५० लाख रुपैयाँ ठगेको आरोप लागेको छ […]
नेपालमा काष्ठमण्डप बन्दै गर्दा अमेरिका भन्ने राज्य नै थिएन । काठमाडौंमा धरहरा बन्दै गर्दा यहाँका ट्वीन टावर ठडिएकै थिएनन् । खासमा अमेरिकामा विकासले आकाश छुन थालेको दुईवटा विश्वयुद्ध पश्चात्को अवस्थामा हो ।
काठमाडौँ । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल फिर्ता पठाएको छ । अमेरिकाले उनीहरुलाई चार्टर उडानबाट काठमाडौँ फिर्ता पठाएको नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलले जानकारी दिए । “अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ नेपालीलाई अमेरिकाले डिपोर्ट गरी बिहीबार काठमाडौँ फिर्ता पठाएको छ”, […]
पश्चिम रुकुमको दुर्गम बाकी गाउँमा जम्मा १३ घरधुरी छन् । दुईबाहेक सबै घरबाट गैरकानुनी बाटो भएर कोही न कोही अमेरिका पुगेका छन् । नगएकाहरु पनि ढिलो–चाँडो जाने तयारीमा छन् । लाग्छ– सिंगो गाउँ नै अमेरिका छिर्ने तरखरमा छ । यो कुनै एउटा गाउँको मात्र कथा होइन ।
अमेरिका पुगिसकेका १७८ नेपालीलाई नेपाल फर्काइएको छ। अवैध बाटोबाट अमेरिका गएको पाईएपछि उनीहरुलाई नेपाल फर्काईएको हो।
मानव बेचबिखन अनुसन्धान ब्युरोका अनुसार नेपालबाट अवैध रूपमा अमेरिका छिर्नेले मुख्यतया चारवटा बाटो प्रयोग गर्ने गरेको ...
संगठित मानव तस्करको भर परेर अवैध बाटोबाट अमेरिका छिर्ने भन्दै हिँडेका ८१ जना नेपाली मोरक्कोको कासाब्लांकाबाट डिपोर्टमा परेका छन् । डिपोर्टमा परेमध्येका एक नेपालीले एकैपटक धेरै संख्यामा नेपाली देखिएपछि अध्यागमनले शंका लागेर अनुसन्धान थालेपछि डिपोर्टको निर्णय भएको सुनाए ।