नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–१५ मा जिपको ठक्करबाट ४ वर्षीय बालकको मृत्यु भएको छ । मध्यविन्दु नगरपालिकाको बा२झ २३१२ नं को जिपको ठक्करबाट ४ वर्षीय आदित्य माझीको मृत्यु भएको चोरमारा प्रहरी चौकीका सई ढाकाराम लामिछानेले बताए ।