कमल थापाले गरे मनोनयन दर्ता, सूर्य चिन्हबाट चुनाव लड्ने

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि मकवानपुर क्षेत्र नम्बर १ बाट मनोनयन दर्ता गरेका छन्। नेकपा एमालेको समर्थनमा अध्यक्ष थापाले मनोनयन दर्ता गराएका हुन्। पार्टीका माहामन्त्री राजाराम बर्तौलको...

सम्बन्धित सामग्री

एमालेमा कमल थापाको ‘इन्ट्री’, के भन्छन् नेताहरु ?

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आइतबार मनोनयन दर्ता सम्पन्न भएको छ । आइतबार नै मकवानपुरबाट प्रतिनिधिसभातर्फ २ र प्रदेशका ४ क्षेत्रका लागि उम्मेदवारहरुले मनोनयन दर्ता गरिसकेका छन् ।प्रतिनिधिसभा सदस्य पदका लागि मकवानपुर क्षेत्र नम्बर–१ मा एमालेबाट राप्रपा नेपालका अध्यक्ष कमल थापाले उम्मेदवारी दिएका छन् । उनले गत शनिबार बालकोट पुगेर एमाले अध्यक्ष केपी शर्मा ओलीबाट टिकट लिएका थिए । टिकट लिए लगत्तै उनी हेटौंडा आएर आइतबार एमालेको आधिकारिक उम्मेदवारको रुपमा मनोनयन

कमल थापाद्वारा मकवानपुर- १ बाट मनोनयन दर्ता

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले मनोनयन दर्ता गराएका छन् । अध्यक्ष कमल थापाले मकवानपुर निर्वाचन क्षेत्र नम्बर १ बाट मनोनयन दर्ता गराएका हुन् ।

राप्रपा अध्यक्षमा कमल थापाले पनि गरे उम्मेदवारी दर्ता

काठमाडौँ, १७ मङ्सिर। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्ष पदमा कमल थापाले मनोनयन दर्ता गरेका छन्। भृकुटीमण्डपमा जारी एकता महाधिवेशनमा आज (शुक्रबार) उनले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेका हुन्। उम्मेदवारी दर्ता गरेपछि पत्रकारहरूसँग कुराकानी गर्दै थापाले अब कहिल्यै पार्टी नफुट्ने दाबी गरेका थिए। उनले भने, ‘राप्रपा कहिल्यै फुट्दैन ढुक्क भए हुन्छ ।’

राप्रपामा थापा र लिङ्देन पक्षले गराए बेग्लाबेग्लै उम्मेदवारी दर्ता (तस्बिरहरु)

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीको शनिबार हुने निर्वाचनका लागि अध्यक्ष पदमा राजेन्द्र लिङ्देन र कमल थापाले मनोनयन दर्ता गरेका छन्। त्यस्तै, महासचिव पदमा नायिका लिङ्देनका पक्षबाट रेखा थापा र थापाका पक्षबाट कुन्ती शाहीले मनोनयन दर्ता गरेका छन्। मनोनयन दर्ता गर्ने क्रममा लिङ्देन र थापाका समर्थकहरुले नाराबाजीसमेत गरेका थिए। राप्रपाको पदाधिकारीको चयन शनिबार हुने कार्यक्रम छ। मनोनयन […]