७५३ वटै स्थानीय तहमा सुरु भयो विद्युतीय भुक्तानी प्रणाली

देशभरका ७५३ वटै स्थानीय तहमा विद्युतीय माध्यमबाट वास्तविक समयमा नै भुक्तानी तथा लेखाङ्कन प्रणालीको शुरुआत भएको छ । महालेखा नियन्त्रक सुमनराज अर्यालले बिहीबार स्थानीय तहको भुक्तानी प्रणालीको शुरुआत गरेका हुन् । स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र) मार्फत भुक्तानी प्रणालीको शुरुआत गर्नुहुँदै महालेखा नियन्त्रक अर्यालले राष्ट्रको एकीकृत लेखा राख्ने निकाय महालेखा कार्यालय भएकाले छिटो छरितो, भरपर्दो र विश्वसनीय लेखाङ्कन र प्रतिवेदनका लागि महत्वपूर्ण योगदान पुग्ने बताए ।उनले शासकीय संयन्त्रमा

सम्बन्धित सामग्री

बैतडीमा पहिलो विद्युतीय भुक्तानी सेवा सुरु

बैतडी : बैतडीमा पहिलोपटक विद्युतीय भुक्तानी ‘क्यास लेस’ सेवा सुरु भएको छ। ‘क्यास लेस’को अवधारणा अन्तर्गत दशरथचन्द नगरपालिकाले विद्युतीय भुक्तानी सुरु गरेकाे हो।स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र) मार्फत भुक्तानी प्रणालीको सुरुवात तथा विद्युतीय भुक्तानी गर्ने बैतडीको पहिलो पालिका बनेको नगरपालिकाका लेखापाल रामबहादुर चन्दले बताए। यस्तै विद्युतीय भुक्तानी गर्ने सुदूरपश्चिमको सातौँ स्थानीय तह समेत दशरथचन्द नगरपालिका बनेको छ।उनले भने, 'विद्युतीय भुक्तानी प्रण

खैरहनी नगरपालिकामा अनलाइनबाट राजस्व भुक्तानी सेवा सुरु

रत्ननगर । चितवनको खैरहनी नगरपालिकाले अनलाइनमार्फत राजस्व भुक्तानी सेवा सुरु गरेको छ । अनलाइनबाट राजस्व भुक्तानी सेवा सञ्चालनमा ल्याएसँगै जिल्लाका सात स्थानीय तहमध्ये अनलाइनमार्फत राजस्व तिर्न सक्ने सेवा उपलब्ध गराउने खैरहनी पहिलो स्थानीय तह समेत बनेको छ । अन्य पालिकामा विद्युतीय भुक्तानी प्रणाली सुरु भएको छैन । खैरहनी–११ का वडाध्यक्ष हाकिम सिंहले आफ्नो राजस्व तिरेर […]