मुम्बईमा बिहिबार फेरी आगलागी भएको छ। आगलागीमा परी दुई बालबालिकासहित चार जना व्यक्तिको मृत्यु भएको छ। भारतको आर्थिक राजधानी सहर मुम्बइमा भएको यो तेस्रो भीषण आगलागी हो। यस आगलागीमा परी ज्यान गएका चार व्यक्तिमध्ये १० र १४ वर्षका दुई जना बालबालिका रहेकाे जनाइएको छ। मुम्बइको अँधेरी भनिने पूर्वी नगरमा रहेको एक आवासीय भवनको चौथो तल्लामा…