जिल्ला समन्वय समिति चितवनको प्रमुखमा पाँच दलीय गठबन्धन र नेकपा एमालेको मत बराबर आएपछि गोला प्रथा गरिएको छ ।जिसस प्रमुख र सदस्यहरुको लागि आज भएको निर्वाचनमा बराबर मत खसेको हो । जिल्लाका सात पालिकाका प्रमुख र उपप्रमुख गरी १४ जनाले मतदान गरेका थिए ।गोलाप्रथा गर्दा प्रमुखमा एमालेका नारायण अधिकारी विजयी भएका छन् । पाँच दलीय गठबन्धनबाट प्रमुखको उमेदवार बनेका नेपाली कांग्रेसका पूर्णबहादुर रानाभाट पराजित भएका हुन् ।उपप्रमुखमा भने नेकपा एकीकृत समाजवादीकी नेतृ कल्पना काफ्ले सापकोटा निर्विरोध भइसकेकी छन् ।