पर्सामा कोरोना संक्रमणबाट २४ घण्टामा २ जनाको मृत्यु भएको छ । वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचारको क्रममा उनीहरुको मंगलबार बिहान मृत्यु भएको हो ।
मृत्यु हुनेमा वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ स्थित प्रगतिनगर बस्ने ६२ वर्षीय पुरुष र बाराको जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ९ बस्ने ३७ वर्षीय पुरुष रहेको अस्पतालले जनाएको छ ।
स्वास्थ्यमा समस्या देखिएपछि तीन दिनपूर्व अस्पताल भर्ना भएका ६२ वर्षीय पुरुषको मंगलबार बिहान ८ बजेर २० मिनेटमा मृत्यु भएको हो । एक महिना अघि भारतको नयाँ दिल्लीमा छोरालाई ...