विवेकशील साझाका नेता रवीन्द्र मिश्र राप्रपामा प्रवेश गर्ने अन्तिम तयारीमा लागेका छन् । राप्रपा उच्च स्रोतका अनुसार उनी एक–दुई दिनभित्रै राप्रपा प्रवेशको तयारीमा लागेका हुन् । त्यसका लागि उनले सोमबार पार्टीको साधारण सदस्य समेत नरहने गरी राजीनामा दिइसकेका छन् । राप्रपाका एक नेताले मिश्रको वरियता निर्वाचित उपाध्यक्षहरू पछि रहनेगरी टुंगो लागेको बताए । तर उनको पद भने वरिष्ठ उपाध्यक्ष हुनेछ । मिश्र र राप्रपाका नेताहरुबीच भएको सहमतिअनुसार उनी राप्रपाबाट निर्वाचित उपाध्यक्षभन्दा पछि रहने