मलको हाहाकार देखाएर 'माल' कमाउने तरिका खोजिएको त होइन ? : सांसद पाठक

काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद डा. सूर्यप्रसाद पाठकले सरकारले मल ल्याउन गरिरहेको ढिलाइप्रति आशंका व्यक्त गरेका छन् ।  सोमबारको प्रतिनिधिसभा बैठकमा भाग लिँदै उनले सरकार कतै मलको हाहाकार देखाएर माल कमाउने तरिका खोजिरहेको त होइन भन्दै प्रश्न गरेका हुन् ।  उनले एकातिर समयै मल पाइरहेको छ...

सम्बन्धित सामग्री

‘किसानले भारतबाट मल ल्याउँदा नसमात्न पुलिसलाई निर्देशन दिइयोस्’

एमाले सांसद बृजेशकुमार गुप्ताले नेपालमा रासायनिक मलको हाहाकार भएको बताउँदै किसानलाई दुःख दिने काम नगर्न सरकारलाई आग्रह गरेका छन् । बिहिबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद गुप्ताले नेपाललाई कृषि प्रधान देश भनेपनि किसानहरुले मल नपाएको र पानी नपरेका कारण किसान आत्महत्या गर्ने स्थिति रहेको बताए । उनले तराईलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरेर राहत दिन माग गरे । यस्तै सीमापारी भारतबाट मल ल्याउँदा पुलिसले समातेर दुःख दिने गरेका कारण पुलिसलाई मलखाद ल्याउँदा नसमाउन निर्देशन दिन सरकारलाई

संसद्‍मा झगडा मात्र होइन, रडाकाे नै देखिन थाल्योः सञ्‍जय गौतम

काठमाडौँ- नेपाली कांग्रेसका सांसद सञ्‍जय गौतमले संसद्‍मा झगडा मात्र होइन, रडाकाे नै देखिन थालेको भन्दै गुनासो गरेका छन् । उनले सरकारको उच्च ओहोदामा बसेका नेताहरूले आफ्नो मानसम्मान कायम राख्नुपर्ने बताए । सांसद गौतमले मलको हाहाकार कायमै रहेको भन्दै सरकारको आलोचना गरे । सत्ता पक्ष र प्रमुख प्रतिपक्षका नेता सांसदले...

मलको हाहाकार देखाएर 'माल' कमाउने तरिका खोजिएको त होइन ? : सांसद पाठक

काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद डा. सूर्यप्रसाद पाठकले सरकारले मल ल्याउन गरिरहेको ढिलाइप्रति आशंका व्यक्त गरेका छन् ।  सोमबारको प्रतिनिधिसभा बैठकमा भाग लिँदै उनले सरकार कतै मलको हाहाकार देखाएर माल कमाउने तरिका खोजिरहेको त होइन भन्दै प्रश्न गरेका हुन् ।  उनले एकातिर समयै मल पाइरहेको छ...

मल कहिले र कहाँबाट आउँछ भन्ने प्रस्ट जवाफ चाहियो : विशाल भट्टराई

नेकपा एमालेका सांसद विशाल भट्टराईले खेतीको मुख्य सिजनमा रासायनिक मलको अभाव देखिएको भन्दै मल कहाँबाट कहिलेसम्म ल्याउने भन्नेबारे प्रस्ट जवाफ दिन माग गरेका छन् । प्रतिनिधिसभामा स्थगन प्रस्ताव पेस गर्दै उनले खेतीको समय गुज्रिसकेपछि जति नै मल ल्याए पनि त्यसको अर्थ नरहने बताए । अहिले बजारमा रासायनिक मलको हाहाकार भएको भन्दै उनले धान खेतीको मुख्य सिजनमा मल उपलब्ध नहुँदा किसान मर्कामा परेको बताए ।‘हाम्रो देशको मुख्य बाली धान, वर्षमा ६० लाख मेट्रिक टन धान आवश्यक पर्छ । १०/१२ लाख मेट्रिक टन धान अपुग

सरकारले रासायनिक मलमा ‘माल’ नपाउँदासम्म मलको अभाव भइरहन्छ : योगेश भट्टराई

काठमाण्डाै - नेकपा एमालेका सांसद योगेश भट्टराईले सरकारले रासायनिक मलमा कमिसन खान खोज्दा अभाव भएको आरोप लगाउनुभएको छ । प्रतिनिधि सभाको बैठक बजेटमाथि भइरहेको मन्त्रालयगत छलफलमा बोल्दै सांसद भट्टराईले किसानले मल नपाएर खेती लगाउन नपाएको अवस्थामा पनि सरकारले रासायनिक मल ल्याउन आनाकानी गरेको दाबी गर्नुभयो ।  ‘मलको हाहाकार छ, मल छैन, हामीले सुनिराखेका छौँ मल खोज्न कृषिमन्त्री भारत जानुभएको छ रे, कहाँ पुग्नुभयो ? उहाँको हालखबर के छ ? मल आउँछ कि आउँदैन, लिएर आउनुहुन्छ कि आउनुहुन्न ? मल नपाएर कृषि...

रासायनिक मलमा सधैं खेलाँची

काठमाडौं । केन्द्रीय तथ्यांक विभागको पछिल्लो अनुमानअनुसार मुलुकको कुल गार्हस्थ्य उत्पादनमा कृषिक्षेत्रको योगदान २३ दशमलव ९५ प्रतिशत छ । आधाभन्दा बढी जनसंख्याको जीविकोपार्जनको आधार पनि कृषि नै हो । तर, कृषिक्षेत्रका लागि नभई नहुने रासायनिक मल आपूर्तिमा सरकारले सधैं खेलाँची गर्दै आएको छ । यसले गर्दा धान, मकै, गहुँजस्ता प्रमुख बाली लगाउने सिजनमा किसानले वर्षेनि मल अभावको समस्या झेल्दै आएका छन् । यसपालि धान रोपाइँको सिजन शुरू हुन करीब १ महीना बाँकी छ । धानखेती हुने ठाउँका किसानले धमाधम ब्याड राख्ने तयारी गर्दैछन् । तर, धानका लागि नभई नहुने रासायनिक मल पाइरहेका छैनन् । किसानलाई समयमै रासायनिक मल उपलब्ध गराएर अभाव हुन नदिने कार्यमा सरकार सधैं चुक्ने गरेको छ । सधैंझैं यस वर्ष पनि रासायनिक मल व्यस्थापनमा सरकार चुकिसकेको स्पष्ट देखिन्छ । तैपनि समयमै मल उपलब्ध गराउने रटान दोहोर्‍याउनचाहिँ सरकारले छाडेको छैन । एशोसिएशन अफ नेपाली एग्रिकल्चरल जर्नालिस्टले शुक्रवार आयोजना गरेको एक कार्यक्रममा कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्रराय यादवले कुनै पनि हालतमा असारसम्म किसानले मल पाउने दाबी गरे । तर, त्यसका लागि सरकारको उपयुक्त तयारी गरेको देखिँदैन । रासायनिक मल आपूर्ति गर्ने जिम्मेवारी पाउनेमध्येको एक कृषि सामग्री कम्पनी लिमिटेडसँग १५ हजार मेट्रिक टन डीएपीमात्रै मौज्दात छ । ४० हजार मेट्रिक टन डीएपी आयातको तयारी भइरहेको कम्पनीका अधिकारी बताउँछन् । ग्लोबल टेन्डरमार्फत ल्याइने पहिलो २० हजार टन मल नेपाल आउन महीना दिन लाग्ने र अर्को २० हजार टन साउन पहिलो सातासम्म आइपुग्ने कम्पनीको दाबी छ । कम्पनीसँग हाल मौज्दात रहेको ५ सय ६० मेट्रिक टन युरियाले ८ जिल्लालाई मात्र पुग्छ । मलको हाहाकार देशभर छ । जीटूजीमार्फत भारतबाट पहिलो खेपमा आयात हुने ६० हजार टन युरियाको टुंगो अझै लागेको छैन । कृषि सामग्रीका कामु प्रबन्ध सञ्चालक राजेन्द्रबहादुर कार्कीले उक्त युरिया फास्ट ट्र्याकबाट ल्याउने तयारी भइरहेको बताए पनि भारतले आउँदो असार ११ देखि ४५ दिनका लागि हल्दिया बन्दरगाह बन्द गर्दै छ । यसले जीटूजीको मल आयात हुने सम्भावना टरेको सरोकारवाला बताउँछन् । सरकारी अनुदानको मल आयात र विक्रीवितरणको जिम्मा पाएको अर्को कम्पनी साल्ट ट्रेडिङ कर्पोरेशनसँग पनि मलको मौज्दात पर्याप्त छैन । कृषिमन्त्रीदेखि कृषि सामग्री कम्पनीका कर्मचारीसम्म सबैले समयमै मल आयात हुन नसक्नुको दोष रूस–युक्रेन तनाव र कोरोना महामारीलाई दिइरहँदा किसानसँग सरोकार राख्ने निकाय तथा विज्ञहरू भने आयातका लागि सरकार बेलैमा पर्याप्त तयारी नगर्दा हरेक वर्ष मल अभाव चुलिने गरेको बताउँछन् । नेपाल मलखाद व्यवसायी संघका अध्यक्ष चन्द्रकान्त डल्लाकोटी खेतीपातीको समयमा यस वर्षमात्रै मल अभाव भएको भए रूस–युक्रेन तनाव र महामारीलाई दोष दिएर उम्कन मिल्ने बताउँछन् । ‘यो त वर्षौं पुरानो समस्या हो । त्यसैले मल अभावको प्रमुख कारण सरकारले बेलैमा तयारी नगर्नु हो,’ अध्यक्ष डल्लाकोटीले भने, ‘असारमा मल चाहिन्छ भन्ने सरकारलाई थाहा भएकै कुरा हो । त्यसका लागि माघ, फागुनदेखिनै तयारी थाल्नुपर्छ । सरकारले त्यसो गर्न नसक्दा किसानले सधैं सास्ती भोग्नुपरेको छ ।’ २०७७ भदौमा रासायनिक मलको अभाव चर्किंदा धादिङका सयौं किसान कोरोना महामारी र बन्दाबन्दीको बेवास्ता गर्दै जिल्ला सदरमुकाम धादिङबेंशी आएका थिए । गतवर्ष २०७८ मा पनि मल अभाव उस्तै थियो । गत भदौ २८ गते संघीय प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा सांसदहरूले खेतीको समयमा किसानले मल नपाएको विषय जोडतोडले उठाएका थिए । उक्त बैठकमा सांसद छविलाल विश्वकर्माले रासायनिक मल ल्याउनमा भइरहेको ढिलाइबारे सरकारको ध्यानाकर्षण गराएका थिए । सोही बैठकमा पूर्वमन्त्री तथा सांसद शक्ति बस्नेतले बाली फलिसकेपछि मल ल्याएर कुनै अर्थ नहुने भन्दै सरकारले मल आयातका लागि बेलैमा तयारी थाल्नुपर्नेमा जोड दिएका थिए । उनले त ऐन, कानून परिमार्जन गरेर भए पनि समयमै मल ल्याउनुपर्ने बताएका थिए । त्यो बेला सरकारले आयात गरेको ७० हजार टन रासायनिक मल असोज सकिने बेलातिर मात्रै आइपुग्ने तालिका थियो, जबकि असोज सकिँदा धान पाकिसकेको हुन्छ । कृषि तथा पशुुपन्छी विकास मन्त्रालयका पूर्वसचिव जयमुकुन्द खनाल पनि डल्लाकोटीको भनाइ पुष्टि हुने गरी ‘केही प्राविधिक समस्या सधैं हुने र तिनको समाधानका लागि सरकारले समयमै पहल र पर्याप्त पूर्वतयारी गर्न नसकेको’ स्वीकार्छन् । भारतबाहेक अन्य ठूला मल उत्पादक देशसँग जीटूजी सम्झौतामा जान नसक्नुलाई पनि उनले सरकारको मुख्य कमजोरीका रूपमा औंल्याए । अब विकल्पको खोजी गर्ने बेला आएको उनले बताए । प्रहरीको आँखा छल्दै भारतबाट ल्याउनुपर्ने बाध्यता आवश्यक परेका बेला सरकारले मल दिन नसकेपछि भारतसँग सिमाना जोडिएका अधिकांश जिल्लाका किसानले प्रहरीको आँखा छल्दै पारिबाट ल्याएर काम चलाइरहेका छन् । ‘आफ्नो सरकारले मल दिन नसकेपछि उनीहरू प्रहरीको आँखा छल्दै सीमापारिबाट ल्याउन बाध्य भएका हुन् । तर, यसरी जोखिम मोलेर ल्याएको मल पनि नक्कली पर्दिन्छ । प्रहरीले भेटेमा बोरा च्यातेर सबै मल बाटोमै पोखिदिन्छ,’ राजापुर धान सुपजोनका संयोजक अग्नि अर्याल भन्छन्, ‘किसानलाई ठूलो दु:ख छ ।’ रोपाइँका लागि ब्याड राख्ने समय हुँदा त्यहाँका किसानले मल पाउन नसकेको उनले सुनाए । अहिले पश्चिम तराईका प्राय: जिल्लाका किसानको अवस्था यही छ । पश्चिम तराईमात्र होइन, पूर्वी र मध्य तराईका किसानको समस्या पनि समान रहेको सुनसरीका किसान बताउँछन् । सुनसरीका अगुवा किसान भुवनेश्वर यादवले त्यहाँका किसानले पनि भारतीय बजारबाट महँगोमा मल किनेर ल्याउनुपर्ने बाध्यता रहेको सुनाए ।