चिनियाँ अन्तरिक्षयात्री नयाँ स्टेसन ‘तियान्हे’ जाँदै

एजेन्सी। चिनियाँ अन्तरिक्षयात्री आगामी महिना अन्तरिक्षको नयाँ स्टेसन जाने भएका छन्। तीन महिने अन्तरिक्ष अभियानमा तीन सदस्यीय टोली आगामी महिना जान लागेका हुन्। नयाँ स्टेसन ‘तियान्हे’ सबैभन्दा ठूलो अन्तरिक्ष स्टेसन हो। उक्त यात्रामा कोको सहभागी हुने छन् र कुन मितिमा सुरु हुनेछ भन्नेबारे चीनले खुलाएको छैन। तर, अर्को महिना हुने भनिएको अन्तरिक्षयात्रामा पुरुषमात्रै हुने छन्।

सम्बन्धित सामग्री

रुसका अन्तरिक्षयात्रीले एक हप्तासम्म यसरी गर्दैछन् ‘स्पेसवाक’ (भिडियो)

रोयटर्सका अनुसार रुसी अन्तरिक्षयात्री सर्गेई र दिमित्रीलेले स्पेस स्टेसन आईएसएसको रेडिएटरलाई स्थानान्तरण गर्नका लागि स्पेसवाक गरिरहेका हुन् ।

अन्तरिक्षबाट अमेरिकी र रुसी अन्तरिक्षयात्री सँगै पृथ्वी फर्के

काठमाडौं- अमेरिका र रुसबीच सहकार्यको एउटा दुर्लभ सङ्केतस्वरूप दुवै देशका अन्तरिक्षयात्रीहरू सँगै पृथ्वीमा फर्केका छन् । अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आईएसएस) बाट पृथ्वीमा फर्किने क्रममा उनीहरु कजाकस्तानमा उत्रिएका हुन् । नासाका अन्तरिक्ष यात्री मार्क भान्डे हेई, रुसका दुई अन्तरिक्ष यात्री एन्तोन स्केप्लेरोभ र प्योत्र दुब्रोभ कजाकस्तानमा एकै साथ उत्रिएको समाचार संस्था एपीले जनाएको छ । युक्रेनमा जारी […]

अन्तरिक्षमा गल्फ खेल्ने यात्रामा निस्किए जापानी अर्बपति

मंसिर २३, टोकियो(जापान) । जापानी अर्बपति युसाकु मेजावा अन्तरराष्ट्रिय अन्तरिक्ष स्टेसन (आईएसएस) को यात्राका लागि बुधवार त्यसतर्फ प्रस्थान गरेका छन्। उनले यात्राअघि पत्रकार सम्मेलन गर्दै आफ्नो सपना साकार हुन लागेको बताएका थिए। उनी जापानका सबैभन्दा धनी व्यक्तिको सूचीमा ३०औं स्थानमा छन्  । उनको नेटवर्थ करीब २ खर्ब अमेरिकी डलर बराबर रहेको छ । उनले संबाददाताहरुलाई म जस्तै साधारण मानिसहरूले पनि आशा र सपना पाल्न सक्छन् र यस्तो अज्ञात स्थानमा जान सक्छन् भनेका छन् । उनको साथ रुसी अन्तरिक्षयात्री एलेक्जान्डर मिसुर्किन र भिडिओ निर्माता योजो हिरानो रकेटमा थिए। हिरानोले भने मेजावाको यूट्यूब च्यानलका लागि यात्राको भिडिओ खिच्नेछन्। जोजोटाउनजस्ता ई - कमर्श कम्पनीहरूमार्फत धनी बनेका मेजावा कुनै समय एउटा रक सङ्गीत टोलीका ड्रमर रहेका थिए । उनले गत वर्ष अन्तरिक्ष यात्रामा सँगै जान प्रेमिकाको खोजी गर्ने एउटा कार्यक्रम आयोजना गरेका थिए तर पछि गएर उक्त कार्यक्रम भने रद्द गरेका थिए। लामो समययता पहिलो अन्तरिक्ष पर्यटक बनेका उनले आईएसएसमा १२ दिने बिताउने बताइएको छ। उनले यात्राअघि कठिन तालिम पनि गरेका थिए। तालिमका क्रममा उनलाई तेस्रो खाटमा सुत्न, घुमिरहेको मेचमा बसिरहन र लामो समय ब्याडमिन्टन खेल्न लगाइएको थियो। उनले अन्तरिक्षमा सार्वजनिक रूपमा प्राप्त सुझावमध्ये छानिएका १०० ओटा कार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। ती कार्यहरूमा आफ्नो साथी अन्तरिक्षयात्री चिनाउने र आईएसएसभित्र कस्तो छ भनेर देखाउने जस्ता अपेक्षाकृत कार्यका साथै गल्फ खेल्ने, चुइङगम फुक्ने र कागजको प्लेन उडाउने जस्ता अनौठा कुराहरू पनि छन्। उनले अन्तरिक्ष यात्राका लागि ८ करोड ८० लाख अमेरिकी डलर खर्च गरेको बताइएको छ। हालै मात्र एमाजनका संस्थापक तथा संसारकै सबैभन्दा धनी जेफ बेजोस आफ्नो निजी कम्पनीको रकेटमा अन्तरिक्ष यात्रामा गएका थिए। सन् २०२३ मा हुने अर्को यात्रामा उनले आफ्नो खर्चमा आठ जना सर्वसाधारणलाई चन्द्रमा लाने पनि घोषणा गरेका छन्। बीबीसी

पहिलोपटक अन्तरिक्षमा छायाँकन सकेर फर्कियो रुसी फिल्मी टोली

एक रसियन फिल्म टोली अन्तरिक्षमा फिल्मको छायाङ्कन सकेर पृथ्वीमा फर्केको छ। अन्तरिक्षमा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आइएसएस)मा पहिलोपटक फिल्मको छायाङ्कन गरेर फिल्म ‘च्यालेञ्ज’ को टोली पृथ्वीमा फर्किएको बीबीसीले जनाएको छ। छायांकनका लागि निर्देशक क्लिम शेपिंकोसँगै अभिनेत्री यूलिया पेरेसिल्ड फर्केका छन्। साथै अन्तरिक्षयात्री नोभित्स्की पनि फर्किएकी छिन्। उनीहरु आईएसएसबाट काजकिस्तानमा अवतरण गरेको…

यसरी आफ्नै स्पेस स्टेसनमा प्रवेश गरे चिनियाँ अन्तरिक्षयात्रीहरू (भिडियो)

अन्तरिक्षको महाशक्ति बन्ने महत्त्वाकांक्षा राखेको चीनले आफ्नै स्पेस स्टेसनमा तीनजना अन्तरिक्षयात्री पठाउन सफलता पाएको छ ।  लगभग सात घन्टाको यात्रापछि ती अन्तरिक्षयात्रीहरू स्ेिस स्टेसन पुगेका हुन् । चीनले अन्तरिक्ष स्टेसन बनाउनु अनि त्यहाँ आफ्नै अन्तरिक्षयात्रीलाई पठाउनुलाई निकै ठूलो सफलता मानिएको छ ।  यस ऐतिहासिक घटनाको भिडियोमा चिनियाँ अन्तरिक्षयात्रीहरू स्पेस स्टेसनको ढोका खोलेर भित्र पसेको देखिन्छ ।  उनीहरूले आगामी तीन महिना अन्तरिक्षमा विभिन्न किसिमका प्रयोग गर्नेछन् । चाइना म्यान्ड स्पेस एजेन्सीका अनुसार,...

चीनले आफ्नो अन्तरिक्ष स्टेसनमा पठायो तीन अन्तरिक्षयात्री

३ असार, काठमाडौं । चीनले तीन अन्तरिक्षयात्रीलाई आफ्नो नयाँ स्पेस स्टेसनमा पठाएको छ । नी हेशेङ, लियू बोमिङ र टेङ होङबोलाई चीनले आफ्नो नयाँ स्पेस स्टेसनमा पठाएको हो । उक्त स्पेस स्टेसन पृथ्वीको सतहबाट ३८० …

चिनियाँ अन्तरिक्षयात्री नयाँ स्टेसन ‘तियान्हे’ जाँदै

एजेन्सी। चिनियाँ अन्तरिक्षयात्री आगामी महिना अन्तरिक्षको नयाँ स्टेसन जाने भएका छन्। तीन महिने अन्तरिक्ष अभियानमा तीन सदस्यीय टोली आगामी महिना जान लागेका हुन्। नयाँ स्टेसन ‘तियान्हे’ सबैभन्दा ठूलो अन्तरिक्ष स्टेसन हो। उक्त यात्रामा कोको सहभागी हुने छन् र कुन मितिमा सुरु हुनेछ भन्नेबारे चीनले खुलाएको छैन। तर, अर्को महिना हुने भनिएको अन्तरिक्षयात्रामा पुरुषमात्रै हुने छन्।