हेटौँडा । बागमती प्रदेशसभाको हिउँदे अधिवेशन फागुन १५ बाट सुरु हुने भएको छ । गत असोज २२ गतेबाट स्थगित भएको प्रदेशसभा फागुन १५ गतेबाट हुने बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेलले बताए । वर्षे अधिवेशनपछि स्थगित भएको अधिवेशन पटक-पटक आव्हान गर्ने प्रयास हुँदा पनि विपक्षसँगको सहमति नहुँदा प्रदेशसभा सुरु हुन सकेको थिएन ।