निषेधाज्ञा थप कडा हुने, निजी अस्पताललाई कोभिड अस्पतालका रुपमा सञ्चालन गर्ने निर्णय

काठमाडौं: काठमाडौं उपत्यका लगायतका स्थानमा जारी निषेधाज्ञालाई सरकारले थप कडा बनाउने भएको छ। बिहीबारदेखि जारी निषेधाज्ञा र देशभरको संक्रमणको अवस्थाको मुल्याङ्कन गरी थप कडा गर्ने सरकारले तयारी गरेको हो। शुक्रबार सिंहदरवारमा बसेको कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को वैठकले निषेधाज्ञा कडा बनाउन मन्त्रिपरिषदलाई सिफारिस गरेको उपप्रधानमन्त्री ईश्वर पोखरेलका प्रेस सल्लाहकार गणेश…

सम्बन्धित सामग्री

बागलुङमा पाँच दिन निषेधाज्ञा थप

अत्यावश्यक बाहेकको सेवा बन्द गर्ने गरी बागलुङमा पाँच दिन निषेधाज्ञा थप गरिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिको बैठकले भदौ ५ गतेराति १२ बजदेखि १० गते राति १२ बजेसम्म लागू हुने गरी निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । बागलुङमा साउन २८ गतेदेखि कडा निषेधाज्ञा जारी छ । निषेधाज्ञाको समयमा तरकारी, फलफूल, दूध, डेरीजन्य उत्पादन, माछा मासु, पानी, ग्याँस लगायतका अत्यावश्यक सेवाका पसल स्वास्थ्य सुरक्षाका मापदण्डहरुको पूर्ण पालना गरी विहान १० बजेसम्म र खाद्य सामग्री तथा पशुपंक्षीका दानाका पसल, ढुवानी आइतबार, बुधबार र शुक्रबार स्वास्थ्य सुरक्षाका मापदण्डहरुको पूर्ण पालना गरी विहान १० बजेसम्म मात्र सञ्चालन गर्न दिने निर्णय भएको छ ।

बागलुङमा निषेधाज्ञामा थप कडाइ, अत्यावश्यक बाहेकका सबै सेवा बन्द

साउन २७, बागलुङ । बागलुङमा कारोना संक्रमण दर ह्वातै बढ्दै गएपछि निषेधाज्ञालाई कडाइ गरिएको छ ।  जिल्ला प्रशासन कार्यालय बागलु्ङमा मंगलवार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र डिसिएमसिको बैठकले साउन २८ गतेदेखि भदौ ५ गतेसम्म कडाइका साथ निषेधाज्ञा गर्ने निर्णय गरेको निमित्त प्रमुख जिल्ला अधिकारी गणेश गौतमले जानकारी दिए ।  बैठकले साउन २८ गते बिहान ५ बजेदेखि भदौ ५ गते राति १२ बजेसम्म जिल्लाभर निषेधाज्ञा थप कडाइका साथ लागू गर्ने निर्णय गरेको हो । निषेधाज्ञाको समयमा सरकारी र गैरसरकारी कार्यालयका सेवा, बैंक, सहकारी, बीमा तथा वित्तीय संस्था, शैक्षिक संस्था र अतिआवश्यक बाहेकका सार्वजनिक तथा निजी यातायात बन्द गरिने भएको छ । बैठकले अत्यावश्यक खाद्यान्न, फलफूल, माछामासु तथा दूधका पसल आइतवार, बुधवार र शुक्रवार मात्रै बिहान १० बजेसम्म सञ्चालन गर्न दिइने भएको छ ।  जिल्लामा ६०३ सक्रिय संक्रमित रहेका छन् भने ६३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको स्वास्थ्य कार्यालयका कोरोना स्रोत व्यक्ति देश प्रकाश घिमिरेले जानकारी दिए ।  बागलुङ नगरपालिकाले १० दिन कडा निषेधाज्ञा गर्न जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र डिसिएमसिलाई सोमवार सिफारिस गरेको थियो । सक्रिय संक्रमितको आधा संक्रमित बागलुङ नगरपालिकामा छन् । रासस

कडाई गर्दै चितवनमा साउन ३२ गतेसम्म लम्ब्याइयो निषेधाज्ञा

साउन २४, चितवन । चितवनमा अघिल्लो पटक गरिएको निषेधाज्ञाभन्दा आइतवार राति १२ बजे पछिदेखि गरिने निषेधाज्ञालाई कडा पारिएको छ ।  चितवनमा दैनिकजसो संक्रमितको संख्या बढेपछि जिल्ला प्रशासन कार्यालयद्वारा आइतवार जारी आदेश अनुसार साउन ३२ गतेसम्म निषेधाज्ञा थप गरिएको हो  ।  सहायक प्रमुख जिल्ला अधिकारी भीम भट्टाराईले जिल्लामा संक्रमितको संख्या बढ्दै गएपछि थप जोखिम र त्रास बढेकोले निषेधाज्ञा केही कडा पारिएको जानकारी दिए । जारी निषेधाज्ञा आइतवार राति १२ बजे सकिदैछ ।  पछिल्लो समय निषेधाज्ञा खुकुलो गर्दै लगिएकोमा थप संक्रमित पनि बढ्दै गएपछि सिसिएमसी (कोभिड १९ संकट व्यवस्थापन केन्द्र) चितवनको सुझाव र सिफारीस अनुसार कडा पार्नु परेको उनको भनाइ छ  । उनका अनुसार पछिल्लो समयमा प्रायः स्थानमा मानिसहरुले स्वास्थ्य मापदण्डमा लापरवाही तथा वेवास्ता गर्दै गएको पाईएकोले यसलाई न्यूनीकरण गर्दै निषेधाज्ञामा थप कडाई गरिएको हो । ‘तेस्रो भेरियण्टको जोखिम पनि बढ्यो । संक्रमण र मृत्युदर पनि घटेन, भट्टराईले भने  संक्रमणदर घटेन भने अब थपिने निषेधाज्ञा थप कडा हुन सक्छ ।’ पछिल्लो समय मानिसहरुको गतिविधि र भीड बढ्दै गएकोले भोलिदेखि जारी हुने निशेधाज्ञामा अनुगमन र नियमन पनि गरिने भटट्राइको भनाइ छ ।  सरकारबाट मास्क अभियान तथा स्वास्थ्य सचेतनालाई तीव्र पार्दै लगिने निर्देशन अनुसार पनि कडा गरिएको उनले बताए । प्रमुख जिल्ला अधिकारीद्वारा जारी आदेश अनुसार थप गरिएको निषेधाज्ञामा अत्यावश्यक दैनिक खाद्य वस्तु विक्री तथा खरीदमा दैनिक निश्चित तालिका र समय निर्धारण गरिएको छ ।  यसअघि हप्ताको सातै दिन पूर्ण समय खोल्न पाईने आदेश थियो । जारी आदेश अनुसार अन्य उपभोग्य वस्तुका पसलहरु अब आइतवार मंगलवार र बिहीवार मध्यान्ह १२ बजेदेखि ६ बजेसम्म खोल्न पाइने छ ।  यस्तै कृषिजन्य वस्तु, पशुचौपायका आहारा र दूध डेरी खुल्ने समयलाई पनि केही कडा पार्दै निश्चित समय निर्धारण गरिएको छ । यस्ता विक्री केन्द्र तथा पसलको हकमा बिहान १० बजेसम्म र बेलुका ५ देखि ७ बजेसम्म खोल्न पाइने आदेशमा उल्लेख छ ।  यस्तै रेष्टुरेण्ट, खाजा पसल र मिठाई पसलको हकमा दैनिक मध्यान्ह १२ बजेदेखि ६ बजेसम्म खोल्न पाईने र अत्यावश्यक सवारी साधन बाहेक निजी तथा सार्वजनिक साधनको हकमा जोर विजोर प्रणाली लागू गरिएको सहायक प्रमुख जिल्ला अधिकारी भट्टराईले जानकारी दिए ।  अन्य बैंक, वित्तिय संस्था तथा सरकारी कार्यालयको हकमा स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सञ्चालन गर्न पाईने जारी आदेशमा जनाइएको छ । आदेशको उल्लंघन गरेको पाईएमा प्रचलित कानून अनुसार कारबाही गरिने समेत आदेशमा उल्लेख छ ।