विराट कोहली क्रिकेटको कप्तानीबाट हटेको र बोर्ड र उनीबीचको सम्बन्धमाथि प्रतिक्रिया दिँदै पाकिस्तानका पूर्व क्रिकेट खिलाडी शोएब अख्तरले विराट कोहलीमाथि निश्चित रुपमा प्रदर्शनको दबाब भएको बताएका छन् । विराट कोहली र चयन समितिको निर्णयमाथि आफ्नो प्रतिक्रिया दिँदै पाकिस्तानका पूर्व बलर शोएब अख्तरले उनले १२० सेन्चुरी बनाएपछि मात्रै उनले विवाह गरुन् भन्ने मेरो चाहना थियो ।उनले थपे, ‘यदि म भारतमा भएको भए र मेरो स्टेटस पनि विराट कोहलीको जस्तै भएको भए म कहिले पनि विवाह गर्ने थिइनँ ।’