नेपाल दुरसञ्चार प्राधिकरण (एनटीए)ले पुस १५ गतेदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमस) पूर्णरुपमा सञ्चालनमा ल्याउने बताएका छन् । हाल परीक्षणका रुपमा मात्रै रहेको एमडीएमएस पूर्णरुपमा सञ्चालनमा आएसँगै भन्सार छलेर आएका वा आईएमईआई नम्बर दर्ता नभएका मोबाइल सेटहरु नेपालमा चल्ने छैनन् ।