यु–१९ महिला साफ च्याम्पियनसिप- नेपालको पहिलो खेल बंगलादेशसँग

काठमाडौं (हाम्रो खेलकुद) – अर्को महिना बंगलादेशमा आयोजना हुने साफ यु–१९ महिला च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ । दक्षिण एसियाली फुटबल फेडेरेसन (साफ) ले माघ १९ देखि २५ गते सम्म बंगलादेशको राजधानी ढाकामा हुने प्रतियोगिताको बुधबार तालिका सार्वजनिक गरेको हो । आयोजक बंगलादेशसहित नेपाल, भारत, र भुटान गरी ४ टोलीले प्रतियोगितामा प्रतिस्पर्धा गर्ने छन् […] The post यु–१९ महिला साफ च्याम्पियनसिप- नेपालको पहिलो खेल बंगलादेशसँग first appeared on हाम्रो खेलकुद.

सम्बन्धित सामग्री

यु-१५ महिला साफ च्याम्पियनसिप: आज नेपाल र भुटान भिड्दै

काठमाडाैँ – बंगलादेशमा जारी यु-१५ महिला साफ च्याम्पियनसिप फुटबलमा नेपालले आज भुटानको सामना गर्दैछ । नेपाल र भुटानबीचको खेल दिउँसो ४ः१५ बजे सुरु हुनेछ । च्याम्पियनसिपमा आयोजक बंगलादेशसँगै नेपाल र भुटानको सहभागिता रहेको छ । नेपालले दोस्रो खेलमा बंगलादेशसँग नोभेम्बर ५, भुटानसँग नोभेम्बर ९ र नोभेम्बर ११ मा पुनः बंगलादेशसँग खेल्नेछ ।

महिला साफ च्याम्पियनसिप फुटबल : पहिलो हाफमा भारतसँग नेपालको १–० को अग्रता

काठमाडौं, ३१ भदौ । महिला साफ च्याम्पियनसिप फुटबलको दोस्रो सेमिफाइनलअन्तर्गत अहिले भैरहेको खेलमा नेपालले भारतसँग पहिलो हाफसम्म १–० को अग्रता बनाएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाल र भारतबीचको खेल पहिलो हाफमा नेपालले १–० को अग्रता बनाएको हो । पहिलो हाफमा रश्मि कुमारी घिसिङले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी हुन् । आज विजय हुने टिम […]

महिला साफ च्याम्पियनसिप फुटबल : नेपाल र भारतबीचको भिडन्त सुरु

काठमाडौं, ३१ भदौ । छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको दोस्रो सेमिफाइनलमा अहिले नेपाल र भारतको खेल सुरु भएको छ । काठमाडौंको दशरथ रंगशालामा सुरु भएको खेलमा एन्जिला सुब्बा, गीता राना, पुनम जर्गा मगर, अमृता जैशी, हिरा कुमारी भुजेल, अनिता बस्नेत, अनिता केसी, सरु लिम्बु,दिपा शाही, प्रिती राई, रश्मी कुमारी घिसिङ सुरुवाती ११ मा परेका […]

महिला साफ च्याम्पियनसिप फुटबलमा आज दुईवटा खेल हुँदै

काठमाण्डाै - नेपालमा चलिरहेको छैटौँ संस्करणको महिला साफ च्याम्पियनसिप फुटबल अन्तर्गत आज समूह 'ए' को समूह चरणका अन्तिम दुई खेलहरु हुँदैछन् । त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा दिउँसो १ बजे सुरु हुने पहिलो खेलमा माल्दिभ्स र पाकिस्तान खेल्दैछन् । दुवै टोली प्रतियोगिताबाट बाहिरिसकेका छन् । यस्तै दोस्रो खेलमा बेलुकी साढे ५ बजे भारत र बङ्गलादेशबीच प्रतिस्पर्धा हुनेछ । सेमिफाइनलमा प्रवेश गरिसकेका भारत र बङ्गलादेशबीचको खेलले समूह विजेता र उपविजेता तय हुनेछ । समूह 'बी' बाट नेपाल र भुटान सेमिफा...

महिला साफ च्याम्पियनसिप : आज दुई खेल हुँदै

काठमाडौं । नेपालमा जारी छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप अन्तर्गत आज शनिबार दुई खेल हुँदैछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा पाकिस्तान र बंगलादेश भिड्ने छन् । खेल दिउँसो १ बजेबाट सुरु हुनेछ । पाकिस्तान आज पहिलो जितको खोजीमा रहेको छ भने बंगलादेश लगातार दोस्रो जितको खोजीमा हुनेछ । त्यस्तै दोस्रो खेल साँझ साढे […]

महिला साफ च्याम्पियनसिप : आज दुई खेल हुँदै

काठमाडौं । नेपालमा जारी छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप अन्तर्गत आज बुधबार दुई खेल हुँदैछन् । दशरथ रंगशालामा हुने पहिलो खेलमा भारत र पाकिस्तानले प्रतिस्पर्धा गर्नेछन् । यी दुई टिमको खेल दिउँसो १ बजेबाट सुरू हुनेछ । त्यस्तै दोस्रो खेल साँझ ५ः३० बजे सुरू हुनेछ । दोस्रो खेलमा मल्दिभ्स र बंगलादेश भिड्नेछन् । यस अघि […]

महिला साफ च्याम्पियनसिप : आज भारत र पाकिस्तान तथा बंगलादेश र माल्दिभ्स खेल्दै

काठमाण्डाै – महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा आज दुई वटा खेल हुँदैछन् । आज भारत र पाकिस्तान तथा बंगलादेश र माल्दिभ्सबीच खेल हुनेछ । भारत र पाकिस्तानबीचको खेल दिउँसो एक बजे तथा बंगलादेश र माल्दिभ्सको खेल बेलुका साढे ५ बजे हुनेछ । दुवै खेल दशरथ रंगशालामा हुनेछन् । प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ । हिजोदेखि काठमाण्डौमा सुरु भएको प्रतियोगितामा नेपालले उद्घाटन खेलमा भुटानलाई ४–० गोलले हराउँदै विजयी सुरुवात गरेको हो । प्रतियोगितामा नेपालसहित भारत, श्रीलंका, भुटान, बंगल...

महिला साफ च्याम्पियनसिप : भुटानविरुद्ध नेपालको सानदार जित

काठमाडौँ । सावित्रा भण्डारी र अनिता बस्नेतको समान दुई गोलको सहयोगमा नेपालले महिला साफ च्याम्पियनसिप २०२२ को पहिलो खेलमा भुटानलाई ४-० ले पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा मङ्गलवार भएको उद्घाटन खेलमा सहज जितसँगै नेपालले समूह ‘बी’बाट सेमिफाइनलमा पुग्ने बलियो सम्भावना बनाएको छ । नेपालले दोस्रो खेल २७ भदौमा श्रीलङ्कासँग प्रतिस्पर्धा गर्नेछ । अचानक मङ्गलवार साँझ परेको […]

महिला साफ च्याम्पियनसिप आजबाट, नेपालले भुटानको सामना गर्दै

काठमाडौं : महिला साफ च्याम्पियनसिप आजबाट काठमाडौंमा सुरु हुँदैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज प्रतियोगिताको पहिलो खेलमा नेपाल र भुटान आमनेसामने हुँदैछन्। खेल साँझ साढे ५ बजे सुरु हुनेछ। प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुदमन्त्री महेश्वजंग गहतराजले गर्ने कार्यक्रम छ। प्रतियोगितामा नेपालसहित भारत, पाकिस्तान, बंगलादेश, भुटान, माल्दिभ्स र श्रीलंकाले प्रतिस्पर्धा गर्नेछन्। 'लिग…