काठमाडौँ । सावित्रा भण्डारी र अनिता बस्नेतको समान दुई गोलको सहयोगमा नेपालले महिला साफ च्याम्पियनसिप २०२२ को पहिलो खेलमा भुटानलाई ४-० ले पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा मङ्गलवार भएको उद्घाटन खेलमा सहज जितसँगै नेपालले समूह ‘बी’बाट सेमिफाइनलमा पुग्ने बलियो सम्भावना बनाएको छ । नेपालले दोस्रो खेल २७ भदौमा श्रीलङ्कासँग प्रतिस्पर्धा गर्नेछ । अचानक मङ्गलवार साँझ परेको […]