मेलम्चीको पानी छाडियो, आधा घण्टामा धारा-धारामा

काठमाडौं : मेलम्चीको पानी काठमाडौंबासीको धारा-धारामा पठाइएको छ। काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेयल)का प्रमुख मिलन शाक्यले आइतबार दिउँसो पानीको चाबी खोलेर उपभोक्ताको धारामा मेलम्चीको पानी पठाएका हुन्।अहिले मेलम्चीको पानी छोडिसकेको र अबको आधा घन्टापछि चावहिललगायत अन्य ठाउँका ग्राहकको  धारामा पुग्ने शाक्यले बताएका छ्न्।मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी आउनेछ। आजबाट पाँच दिनसम्म दैनिक चार करोड लिटर पानी वितरण गरिने बताइएको छ।

सम्बन्धित सामग्री

मेलम्चीको पानी बैशाखमा आउँदैन : केपी ओली

एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले देशको समय वर्वाद पारिरहेको बताएका छन् । बुधबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले यो गफले मात्रै मेलम्चीको पानी नआउने बताएका हुन् ।‘मेरो सरकारले मंसिर पुसमा मेलम्चीको पानी आउँछ भनेको थियो र काम पनि गरिरहेको थियो । तर यो सरकारले बैशाखमा मेलम्चीको पानी आउँछ भनेको छ’ उनले देउवा सरकारले गफमात्रै गरेको गफले पानी नआउने बताए । उनले भने, ‘गफले पानी आउदैन ।’

मेलम्चीको पानी आउने समय अनिश्चित

काठमाडौं। बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजना फेरि उपत्यकामा आउने समय अनिश्चित बनेको छ। यही असार पहिलो साता सिन्धुपाल्चोकको हेलम्बु र मेलम्चीमा आएको बाढीले खानेपानी फेरि काठमाडौं आउने समय अनिश्चित बनेको हो। सरकारले गत वर्ष २०७७ चैत १५ गतेदेखि काठमाडौंमा मेलम्चीको पानी वितरण सुरु गरेको थियो। बाढीले आयोजनाको सुरुङ र मुहानलाई नै क्षती गरेका कारण फेरि पानी आउने समय अनिश्चित बनेको हो।

असार र साउन महिनामा मेलम्चीको पानी नआउने, सुरुङको निरीक्षण थालिने

उपत्यकावासीले असार र साउन महिनामा मेलम्चीको पानी नपाउने भएका छन् । मेलम्ची खानेपानी विकास समितिद्वारा असार १ गतेदेखि मेलम्चीको सुरुङ निरीक्षण थालिने भएकाले मेलम्चीको पानी

मेलम्चीको पानी वितरण सुरु

काठमाडौं । लामो समयदेखि काठमाडौं उपत्यकावासीले प्रतीक्षा गरेको मेलम्चीको पानी वितरण गर्न सुरु भएको छ । आइतबार उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का कार्यकारी निर्देशक मिलन शाक्य, खानेपानी मन्त्रालयका पदाधिकारी र मेलम्ची खानेपानी आयोजनाका पदाधिकारीले संयुक्त रुपमा पानी वितरणको शुभारम्भ गरेका हुन् । गत फागुन २२ गते सुन्दरीजलको प्रशोधन केन्द्रमा हालिएको पानी मीनभवन, महांकाल, अनामनगर र […] The post मेलम्चीको पानी वितरण सुरु appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.

आजदेखि मेलम्चीको पानीको वितरण

१५ चैत, काठमाडौं । आइतबार (आज)देखि परीक्षणका रुपमा मेलम्चीको पानीको वितरण थालिँदैछ । मेलम्ची खानेपानी आयोजनाले आजदेखि काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)को वितरण प्रणालीमा मेलम्चीको पानी पठाउन थाल्ने छ । केयूकेएलका प्रवक्ता प्रकाशकुमार राईका अनुसार आइतबार ४ करोड लिटर मेलम्चीको पानी वितरण लाइनमा थप हुनेछ । आइतबार नै खुमलटालको नयाँ पानी ट्यांकीको परीक्षण गरिनेछ । […]

चक्रपथभित्रका घरमा मेलम्चीको पानी

लामो समयको प्रतिक्षापछि आइतबार काठमाडौं उपत्यकाको चक्रपथभित्रका बासिन्दाको घरघरमा मेलम्चीको पानी परीक्षणस्वरुप आउने मेलम्ची खानेपानी आयोजनाले जनाएको छ ।मेलम्ची खानेपानीको झण्डै तीन दशकपछि पहिलोपटक परीक्षणका लागि आइतबार चक्रपथभित्रका सबै घरको धारामा पानी आउने भएको हो । खानेपानी मन्त्रालयका प्रवक्ता रमेश न्यौपानेका अनुसार आइतबार चक्रपथभित्रका सबै क्षेत्रका घरधुरीमा पानी आउने छ । परीक्षणको लागि भनिएपनि पहिलो […]

अबको तीनदिनभित्र काठमाडौंका धारामा मेलम्चीको पानी

काठमाडौं : प्रधानमन्त्री केपी ओलीले चैत १५ गतेदेखि  काठमाडौंमा मेलम्चीको पानी वितरण गर्ने बताएका छन्। बुधबार नगरपालिका संघको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले चैत १५ गते मेलम्चीको पानी वितरण गर्ने बताएका हुन्।  नगरपालिका संघको कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘१५ गते हामी मेलम्चीको पानी वितरण गर्न सुरु गछौँ र फेजवाइज त्यसलाई बढाउँदै लान्छौँ। कुनै दुर्घटना नहोस्। कुनै पाइप नफुटोस् भनेर हेरि हेरी हामी पानी वितरण गछौँ।’बहुप्रतीक्षित मेलम्चीको पा

चैत १५ देखि मेलम्चीको पानी काठमाडौंका धारामा

२७ फागुन, काठमाडौं । सरकारले आमागी चैत १५ देखि परीक्षणका रुपमा मेलम्चीको पानीको वितरण थाल्ने भएको छ । मेलम्ची खानेपानी आयोजनाका अनुसार चैत १५ देखि काठमाडौं उपत्यका खानेपानी लिमिटेडको वितरण प्रणालीमा मेलम्चीको पानी पठाउन सुरु गरिने भएको हो । अहिले सुरुङबाट आइरहेको मेलम्ची खोलाको पानी सुन्दरीजलबाट बागमती नदीमा छाडिएको छ । शुक्रबारदेखि बागमतीमा पानी छाड्न […]

दुई सातापछि मेलम्चीको पानी घरघरमा

मेलम्चीको पानी पिउने काठमाडौँ उपत्यकावासीको लामो समयदेखिको सपना अब केही दिनभित्रै साकार हुँदैछ । चैतको दोस्रो साताबाट काठमाडौँ उपत्यकामा मेलम्चीको पानी वितरण गर्ने कार्यतालिका तय भएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।समितिका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीले मेलम्चीको पानी पिउने काठमाडौँवासीको लामो समयदेखिको सपना अब छिट्टै साकार हुने बताए । उनले भने, ‘‘चैत दोस्रो साताबाट तीन महिनासम्म परीक्षणका रूपमा काठमाडौँ उपत्यकामा मेलम्चीको पानी वितरण गरिनेछ । परीक्षण सफल भएपछ

मेलम्चीको पानी काठमाडौं आउने समय सरेको सर्‍यै !

मेलम्ची खोलाको पानी काठमाडौँ आउन कम्तीमा अझै तीन महिना लाग्ने भएको छ । आयोजनाको प्रमुख दाता एसियाली विकास बैङ्क (एडीबी)ले पानी पथान्तरणअघि विज्ञहरूबाट अनुगमन गराएर थप काम गर्नुपर्ने सुझाव दिएपछि एक महिना थप काम गर्नुपर्ने भएको छ । पानी पथान्तरणको दुई महिनापछि मेलम्चीको पानी सुन्दरीजलमा आउनेछ । जसअनुसार मेलम्चीको पानी काठमाडौँ आउन कम्तीमा तीन महिना तालिकाअनुसारको काम गर्नुपर्नेछ । विज्ञ टोलीले दिएको सुधारका काम सम्पन्न भएपछि पानी पथान्तरण गरिनेछ । सुधारको काम गर्न एक महिना लाग्नेछ । मेलम्ची खानेपानी विकास समि...