गुल्मीको रुरुक्षेत्र गाउँपालिकाको बलेटक्सामा रिङरोड निर्माणका लागि लुम्बिनी प्रदेश सरकारबाट झण्डै चार करोड विनियोजन भएको छ । प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयबाट ३ करोड ६९ लाख ७६ हजार ६९७ रुपैयाँ बजेट स्वीकृत भएको प्रदेश योजना आयोगका उपाध्यक्ष वामदेव क्षेत्रीले जानकारी दिए । उक्त रकम माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष तथा पूर्वमन्त्री सुदर्शन बराल र नेपाल सरकारका पूर्वमुख्य सचिव लीलामणि पौड्यालको पहलमा परेको रुरुक्षेत्र गाउँपालिकाका अगुवाहरुले बताएका छन