काठमाडौं : नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको आसन्न स्थानीय तहको निर्वाचनमा सहभागी हुनेबारे ठोस निर्णय गर्न सकेको छैन। पार्टीभित्र निर्वाचनबारे दुई धार भएको कारणले ठोस धारणा बनाउन सकेन। हालै कपिलवस्तुमा सम्पन्न भएको नेकपाको केन्द्रीय कमिटीको बैठकमा महासचिव विप्लवको निर्वाचनमा सहभागी हुने प्रस्ताव अल्पमतमा परेपछि मध्यमार्गी निर्णय गरेको थियो। तर, बिहीबार नेकपा नेता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड नेतृत्वको टोली निर्वाचन आयोग पुगेको थियो। उनले आयोगमा दल दर्तासहितक