मुगुको दलित बस्ती पहिरोको जोखिममा

सोरु गाउँपालिकास्थित रावलबाडा गाउँका ३५ दलित परिवारका घर पहिरोको उच्च जोखिममा छन् । कर्णाली नदीले बर्षेनि गाउँको तलबाट कटान गर्दै लगेपछि जमिन भासिँदै जाँदा माथि रहेका ३५ परिवारका घरसहित खेतीयोग्य जमिन जोखिममा परेका छन् ।

सम्बन्धित सामग्री

मुक्तिकोट दलित बस्ती अभावको भुमरीमा

बाजुरा जिल्लाको स्वामिकार्तिक गाउँपालिका– १ मा रहेको मुक्तिकोट दलित बस्तीमा गाँस, बास र कपासको चरम अभाव देखिएको छ । यहाँ पिउनलाई खानेपानीसमेत छैन । करिब ३८० घरपरिवार रहेको यो दलित बस्ती पहिरोको जोखिममा छ । गत वर्ष असोजमा आएको अविरल वर्षाका कारण बस्तीको तल र माथिबाट पहिरो गएपछि यस्तो समस्या देखिएको हो ।

पहिरोको जोखिममा मुक्तिकोट

जिल्लाको पूर्विउत्तर क्षेत्रमा रहेको स्वामिकार्तिक खापर गाउँपालिकाको –१ को मुक्तिकोटको दलित बस्ती पहिरोको उच्च जोखिममा रहेको छ ।

लमजुङ टक्सारकाे दलित बस्ती पहिरोको जोखिममा

लमजुङको क्व्होलासोंथर गाउँपालिका -९ टक्सार गाउँको दलित बस्ती पहिरोको जोखिममा परेको छ । निरन्तरको वर्षाका कारण गाउँको विभिन्न ठाउँमा पहिरो झरेपछि स्थानीय त्रसित भएका छन् । पहिरोका कारण गाउँको सामुदायिक भवन, घर जोखिममा रहेको स्थानीयले बताएका छन् । स्थानीय इमप्रसाद गुरुङका अनुसार गाउँको पूर्वतिर र पश्चिमतिरबाट पहिरोले घेरेको छ । गाउँको माथिल्लो दलित बस्ती टोलनजिकै पहिरो झरेको छ । शुक्रबार र शनिबार परेको पानीका कारण गाउँको नजिकै पहिरो आएको छ । गत वर्ष मात्र दलित सामुदायिक भवन बनाएको गाउँमा पहिरो जाँदा, बगाउने अवस्थामा रहेको उहाँले बताउनुभयो ।