काठमाण्डाै – नेपाल विश्वविद्यालय विधेयक २०७९ लाई अगाडि बढाउने कि नबढाउने भन्ने सम्बन्धमा राष्ट्रिय सभा सदस्यहरू दुई धारमा विभाजित भएका छन् ।
नेपाल विश्वविद्यालय विधेयक २०७९ अहिले राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिमा सैद्धान्तिक छलफलको क्रममा रहेको छ । बिहीवार विधेयकमाथिको सैद्धान्तिक छलफलमा बोल्ने क्रममा राष्ट्रिय सभा सदस्यहरू यसको पक्ष र विपक्षमा उभिएका हुन् ।
छलफलका क्रममा बोल्दै राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले देशमा भएका विश्वविद्यालयहरूलाई व्यवस्थित गर्न छाडेर नयाँ विश्वविद्या...