काठमाडौं। मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको विश्वासको मतसम्बन्धी प्रस्तावमा मतदान नगरी बागमति प्रदेशसभा स्थगित भएको छ। अर्को बैठक कात्तिक १० गते बस्ने जनाइएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले धानबालीमा क्षति ब्यहोरेका किसानलाई राहत र क्षतिपूर्ति दिन आग्रह गरेकी छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्दै बाढी र पहिरापीडितका लागि चाँडै राहतको व्यवस्था गर्ने प्रतिबद्धता जनाएका छन्। नेप्से परिसूचक १४.७० अंकले घटेको