लगातार वर्षाका कारण अरनिको र बीपी राजमार्गका केही खण्डमा खसेको पहिरोकाको कारण सडक अवरुद्ध भएको छ । अरनिको राजमार्गको धुलिखेलदेखि तीनपिप्लेसम्म विभिन्न स्थानमा पहिरो खसेको कारण यातायात आवतजावतमा समस्या भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायव उपरीक्षक हरि खतिवडाले अरनिको राजमार्गको पाँचखाल नगरपालिकाको तिन पिप्लेमा खसेको पहिरो पन्छाएर एक तर्फी सडक खुलाइएको जानकारी दिनुभयो । पहिरोका कारण तीन घण्टा यातायात अवरुद्ध भएको थियो । प्रहरी, सशस्त्र प्रहरीले अरनिको राजमार्ग एक तर्फी सञ्चालनमा ल्याएको छ ।