नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य (अनुवाद) विभागद्वारा शुक्रवार ‘नेपालमा अनुवादका समस्या र निराकरणका उपायहरू’ विषयक विचार–गोष्ठीको आयोजना गरियो । सहभागी वक्ताहरूले उत्कृष्ट अनुवादका लागि सिद्धान्तअनुसारको अभ्यास गर्नुपर्नेमा जोडदिए । कार्यक्रममा कुलपति गङ्गाप्रसाद उप्रेतीले नेपाली भाषा–साहित्यलाई विश्वस्तरमा लैजान नेपाल प्रज्ञा–प्रतिष्ठानले अनुवाद कार्यलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए । उनका अनुसार चिनियाँ भाषाका साहित्यिक कृति नेपाली भाषामा र नेप