प्रदेश २ का उद्योगमन्त्री भन्छन्– पार्टीको निर्णय आएपछि मात्र राजीनामा दिन्छु

प्रदेश २ मा जनता समाजवादी पार्टी नेपालभित्रको विवाद पुनः चर्किन थालेको छ । प्रदेश सरकारको नेतृत्व गरेको जसपा नेपालले गठबन्धन घटकलाई मन्त्रिपरिषद्मा सामेल गर्ने क्रममा आफ्ना पार्टीका तर्फबाट मन्त्री बनेकालाई राजीनामा दिन लगाउनुपर्ने अवस्था आएसँगै विवाद चर्किन थालेको हो ।माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी प्रदेश सरकारमा सहभागी हुने भएपछि भागवण्डा मिलाउन जसपाले एउटा मन्त्रालय त्याग्नुपर्ने भएको हो । प्रदेश २ सरकारका उद्योग, पर्यटन तथा वन मन्त्री रामनरेश राय यादवलाई हटाएर सो मन्त

सम्बन्धित सामग्री

प्रदेश २ का उद्योगमन्त्री यादव बर्खास्त

३० कात्तिक, जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश राय यादवलाई बर्खास्त गरेका छन् । मुख्यमन्त्रीले मन्त्री यादवलाई पदमुक्त गरेको पत्र प्रदेश प्रमुखको कार्यालयमा पठाइसकिएको प्रदेश सरकारका प्रवक्तासमेत रहेका अर्थमन्त्री शैलेन्द्र साहले जानकारी दिए । जनता समाजवादी पार्टीका नेतासमेत रहेका यादवले सम्हालिरहेको मन्त्रालय नेकपा एकीकृत समाजवादीलाई दिने […]

प्रदेश २ का उद्योगमन्त्री राय बर्खास्त

नेकपा (एकीकृत समाजवादी) लाई प्रदेश सरकारमा सहभागी गराउन प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आफ्ना दलका एक मन्त्रीलाई बर्खास्त गरेका छन् । राजीनामा गर्न मुख्यमन्त्री राउतको निर्देशन नमानेपछि उद्योग, वन, पर्यटन तथा वातावरणमन्त्री रामनरेश रायलाई मंगलबार पदमुक्त गरिएको हो ।

प्रदेश २ का उद्योगमन्त्री राय बर्खास्त !

जनकपुरधाम । प्रदेश २ का उद्योग, पर्यटन तथा वन मन्त्री रामनरेश राय बर्खास्त भएका छन्। प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले रायलाई बर्खास्त गरेका हुन्।

प्रदेश २ का उद्योगमन्त्री रामनरेश राय पदमुक्त

प्रदेश २ का उद्योग, पर्यटन तथा वनमन्त्री रामनरेश राय पदमुक्त भएका छन् । मुख्यमन्त्री लालबाबु राउतको सिफारिसमा प्रदेश प्रमुख हरिशंकर मिश्रले मन्त्री रायलाई मंगलबार पदमुक्त गरेका हुन् ।तत्कालका लागि उद्योग, पर्यटन तथा वन मन्त्रालयको कार्यभार मुख्यमन्त्री राउत आफैले सम्हालेका छन् । मुख्यमन्त्री राउतले सत्ता गठबन्धनकै दल नेकपा एकीकृत समाजवादीलाई सरकारमा सामेल गर्न आफ्नै पार्टीबाट मन्त्री बनेका रायलाई पदमुक्त गरेका हुन् ।उनले यसअघि मन्त्री रायलाई राजीनामाका लागि निर्देशन दिएका थिए । तर राजीनामा

प्रदेश २ का उद्योगमन्त्री रामनरेश राय बर्खास्त

मुख्यमन्त्रीको सिफारिसमा संविधानको धारा १६९ को उपधारा ३ को खण्ड ख बमोजिम प्रदेश प्रमुख हरिशंकर मिश्रले रायलाई पदमुक्त गरेका हुन् ।

प्रदेश नम्बर २ का प्रमुख राजेश झालाई हटाइयो

काठमाडौं । सरकारले प्रदेश २ का प्रमुख डा.राजेश झा अहिराजलाई हटाएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले अहिराजलाई प्रदेश २ प्रमुखको जिम्मेवारीबाट पदमुक्त गरेको हो । डा. झालाई हटाएर उनको स्थानमा सरकारले हरिशंकर मिश्रलाई नियुक्त गरेको छ। मिश्र बीपी कोइराला नेतृत्वको सरकारका उद्योगमन्त्री रामनारायण मिश्रका छोरा हुन् । मिश्र एक पटक सांसदसमेत भइसकेका छन् । […] The post प्रदेश नम्बर २ का प्रमुख राजेश झालाई हटाइयो appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

कोरोना महामारीमा प्रदेश सरकारका मन्त्रीहरू मन्दिर दर्शन र घुमघाममा निस्किए

जनकपुरधाम : प्रदेश २ मा कोरोना महामारीको दोश्रो लहरले संक्रमित अक्सिजन नपाएर अस्पतालमा छटपटाइरहेका छन्। संक्रमित दिनदिनै बढ्दै गएका छन्। तर प्रदेश २ का मन्त्रीहरू भने मन्दिर निरीक्षण र घुमघाममा व्यस्त छन्।प्रदेश २ मा समेत कोरोना महामारीको कारण अवस्था भयावह बन्दै छ। स्वास्थ्य संकट नै पैदा भइरहेको बेला प्रदेश २ का सामाजिक विकास मन्त्री र उद्योगमन्त्री सप्तरीको मन्दिर निरीक्षण र दर्शनमा छन्। कोरोना महामारीको अवस्थामा प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साह र उद्योग,