तातोपानी नाका सहज रुपमा सञ्चालनको पहल गर्न माग गर्दै प्रचण्डलाई ज्ञापनपत्र

चीनसँगको प्रमुख व्यापारिक केन्द्र तातोपानी नाका सहज रुपमा सञ्चालनको वातावरण बनाउन पहल गर्न माग गर्दै बागमती प्रदेशका सांसद्हरूसहितकाे टाेलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएका छन् । सिन्धुपाल्चोकका प्रतिनिधिसभा सदस्य माधव सापकोटाको नेतृत्वमा आज बिहान खुमलटार पुगेर सो प्रतिनिधि मण्डलले प्रचण्डलाई ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्र बुझ्दै प्रचण्डले नेपाल र चीन सरकारसँग नाकाको सहज सञ्चालनबारे छलफल गर्ने आश्वासन दिएका थिए । तातोपानी नाका सहज

सम्बन्धित सामग्री

दैनिक दुई सय ट्रक आउने नाकाबाट अहिले मुस्किलले २० वटा मात्र

काठमाडौं, पुस २९ । लामो समयदेखि चीनसँगका दुई नाका सहज रुपमा सञ्चालनमा नआएपछि व्यवसायी र स्थानीयले नाका पूर्णरुपमा सुचारु गर्न माग गरेका छन्। चीनले अघोषित नाकाबन्दी गरेको आरोप लगाउँदै उनीहरुले नाका सुचारु गर्न दबाब दिन बुधबार राजधानीमा प्रदर्शन गरे। कोभिड सुरु भएपछि बन्द भएका केरुङ र तातोपानी नाका केही खुले पनि पूर्ण रुपमा खुलेका छैनन्। […]

चीनसँगको तातोपानी नाका भूकम्पपछि अस्थिर

काठमाण्डाै - भूकम्पपछि बन्द चीनसँगको तातोपानी नाका अझै सहज बनेको छैन । भूकम्पपछि यो नाका अस्थिर रुपले सञ्चालन हुँदै आएको छ । नाका अस्थिर हुँदा सयौँको रोजीरोटी गुमेको छ । नाकाबाट कारोबार बन्द हुँदा मजदुर बिचल्लीमा परेका छन् । अस्थिर ७ वर्षदेखि अस्थिर बनेको नाकालाई सहज बनाउनुपर्ने नेपाल हिमालय सीमापार वाणिज्य सङ्घका अध्यक्ष अशोककुमार श्रेष्ठले बताउनुभयो । सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घ र नेपाल हिमालय सीमापार वाणिज्य सङ्घले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाउँदै नाका पूर्ण रुपले सञ्चालनमा ल्याउनुपर्ने माग समेत...