निषेध र विभेदको राजनीतिले देश जटिलतामा फस्दै छ - पूर्वराजा ज्ञानेन्द्र

काठमाण्डौ - पूर्वराजा ज्ञानेन्द्र शाहले निषेध र विभेदको राजनीतिले देश दिन प्रतिदिन जटिलतामा फस्दै गएको बताउनुभएको छ । ७१ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा शुभकामना दिँदै पूर्वराजा ज्ञानेन्द्रले प्रजातन्त्र भनेको आवधिक चुनाव र दल विशेष नेताको शासन प्रणाली नभएको बताउनुभयो । हरेक नागरिकले प्राप्त गर्ने सन्तुलित खुसीमा मात्रै प्रजातन्त्रको प्राण अटुट रहने भन्दै उहाँले देशको प्रतिष्ठा बढाउन हामी कत्तिको सफल भएका छौँ भन्नेबारे समीक्षा गर्नुपर्ने समय आएको बताउनुभयो । प्रजातन्त्रमा जनशक्ति र धनसम्पत्ति नै विशिष्ट भएको भन्दै उह...

सम्बन्धित सामग्री

हृदयेन्द्रलाई राजाको रुपमा देख्न चाहन्छु : रवीन्द्र मिश्र

काठमाडौँ। विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्रले पूर्वराजा ज्ञानेन्द्र शाहका नाति हृदयेन्द्रलाई राजाका रूपमा देख्न चाहेको बताएका छन् । हृदयेन्द्रको “२१औँ जन्मदिनमा अवसरमा शुभकामना दिंदै उनले सामाजिक सञ्जालमा लेखेका छन् ‘म यहाँलाई एकदिन राजाका रूपमा देख्न चाहन्छु। २१औँ जन्मदिनको शुभकामना!’ उनले २० वर्षकोआफ्नो पत्रकारिता, ५ वर्षको राजनीति तथा अन्य अनुभवका आधारमा देश ढिलोचाँडो नराम्रो संकटमा […]

‘राजाले मलाई छाडेका हुन्, मौका पाएँ भने ज्ञानेन्द्रसँग सोध्नेछु’

राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफूले राजसंस्थाको एजेण्डा छाडेको नभई पूर्वराजा ज्ञानेन्द्र शाहले आफूलाई छाडेको बताएका छन् । ‘वास्तवमा मैले राजसंस्था छाडेको भन्दा पनि राजाले मलाई छाडेको भन्नु उपयुक्त हुन्छ’, थापाले एक भिडियोमार्फत भनेका छन् । उनले २०६२–०६३ सालको राजनीतिक परिवर्तनपछि देश गणतन्त्रमय हुँदा आफूले राजसंस्थाको एजेण्डा अघि सारेको स्मरण गरेका छन् । तर, राप्रपाको एकता महाधिवेशनका क्रममा पूर्वराजा र निर्मल निवास आफ्नो राजनीति नै सिध्याउने ढङ्गले उत्रिएको थापाको भनाइ छ

प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा पूर्वराजा ज्ञानेन्द्रको प्रश्न

पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको शुभकामना दिँदै प्रश्न तेर्स्याएका छन्। ज्ञानेन्द्रले विज्ञप्ति जारी गर्दै प्रजातन्त्र निर्वाचनहरूको आयोजना मात्र भएको भ्रम नराख्न आग्रह समेत गरेका छन्। ज्ञानेन्द्रले जारी गरेको विज्ञप्तिमा भनिएको छ – ‘राजनीतिक परिवर्तनपछिको दशकमा देश र जनताको हितप्रति संवेदनशील एवम् जिम्मेवार व्यवहार प्रस्तुत भइरहेको छ या अझै केन्द्रीत सोचको पासोमा देशको राजनीति अल्झिएको छ,…